काठमाडौं - महामन्त्री गगनकुमार थापा सहभागी नहुने निश्चित भएपछि डा.शेखर कोइरालाले संस्थापन इतर समूहको भेला सारेका छन् ।
कोइरालाले मंगलबारका लागि आफू पक्षीय नेताहरुको भेला बोलाएका थिए ।
आफूसँग सल्लाह नै नगरी कोइरालाले भेला बोलाएपछि महामन्त्री थापाले सहभागी नहुने घोषणा गरेका थिए ।
महामन्त्री नै नआउने भएपछि शेखरले बुधबारका लागि भेला सारेका हु्न् । इतर समूहको भेला बुधबार बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा बस्ने भएको छ ।
सोमबार साँझ नेता अर्जुननरसिंह केसीले कोइरालासँग छलफल गर्दै महामन्त्री थापालाई पनि सहभागी गराएर बुधबार बैठक बस्ने निर्णय भएको थियो ।
आफूलाई जानकारी नदिई बैठक राखिएको भन्दै गगन नेता कोइरालासँग रुष्ट छन् । गगन पार्टीको कार्यक्रममा सहभागी हुन मंगलबार बारा गएका छन् ।
पछिल्लो समय कोइराला कसैसँग सल्लाह नै नगरी एक्लै निर्णय गर्न थालेका छन् ।
कोशी प्रदेशमा पनि शेखरले कसैसँग सल्लाह नै नगरी केदार कार्कीलाई मुख्यमन्त्री बनाएपछि महामन्त्री थापा सन्तुष्ट छैनन् ।
शेखरले राष्ट्रिय सभा निर्वाचनमा आफ्नो गुटबाट कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा छलफल गर्न भेला बोलाएका हुन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।