आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

एनसेल खरिद–बिक्रीमा अनियमितता देखिएको भन्दै सामूहिक प्रतिरोध गर्न गगन थापाको आग्रह

एनसेल खरिद–बिक्रीमा अनियमितता देखिएको भन्दै सामूहिक प्रतिरोध गर्न गगन थापाको आग्रह

  • मिडिया डबली
  • बिहिवार, मंसिर २१ २०८०

  • 1.8K
    SHARES

  • एनसेल खरिद–बिक्रीमा अनियमितता देखिएको भन्दै सामूहिक प्रतिरोध गर्न गगन थापाको आग्रह

    काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एनसेल आजियाटाको सेयर खरिदबिक्री प्रकरणमा प्रथमदृष्टिमै अनियमितता देखिएको भन्दै सामूहिक प्रतिवाद गर्न आह्वान गरेका छन् ।

    उनले बिहीबार साँझ सामाजिक सञ्जालमार्फत एनसेल प्रकरणमा राजनीतिक र प्रशासनिक नेतृत्व मध्ये कसैको साथ र आश्वासन नपाईकन यत्रो अनियमितताको हिम्मत नआउने भन्दै सबैलाई आ–आफ्नो स्थानबाट प्रतिरोध गर्न आह्वान गरेका छन्।

    थापाले अहिले हुने छानबिन प्रभावित गराउन लाग्नसक्ने आशंका गर्दै सबै तिरबाट अझै संगठित र सामूहिक रूपमा प्रतिवाद गर्न भनेका छन्। उनले एनसेलको सेयर खरिदमा सरकारले छानबिन समिति गठन गरेको भए पनि सशक्त खबरदारी आवश्यक रहेको बताए ।

    ‘एनसेल प्रकरणः समिति बन्यो ठिक हुन्छ भन्ने अवस्था छैन,’ सांसदसमेत रहेका थापाले भने, ‘सशक्त खबरदारी आवश्यक छ।’ एनसेलको खरिदबिक्रीसँग जोडिएर सार्वजनिक भएका विषय हेर्दा प्रथमदृष्टिमै यो प्रकरणमा ठूलो अनियमितता भएको सहजै अनुमान लगाउन सकिने उनको भनाइ छ । आजियटाले एनसेलको ८० प्रतिशत सेयर न्यून मूल्यमा स्पेक्ट्रलाइट युकेलाई बिक्री गरेपछि कारोबार अपारदर्शी भयो भन्ने विभिन्न प्रश्न उठिरहेका बेला कांग्रेस नेता थापाले यस्तो आग्रह गरेका हुन्। कानुनको छिद्र दुरुपयोग गरेर कारोबार गरेको प्रस्ट देखिएकाले यसमा बदनियत रहेको थापाले बताए।

    ‘पहिला पनि पटक–पटक यस्तो गरेका दृष्टान्त छन्,’ थापाले भनेका छन्, ‘राजनीतिक र प्रशासनिक नेतृत्व मध्ये कसैको साथ र आश्वासन नपाईकन यत्रो अनियमितताको हिम्मत आउँदैन।’ थापाको तीन बुँदे आग्रह

    १) समिति औपचारिकतामा मात्र सीमित नहोस्। छानबिन समिति बनाउने र सामसुम पार्न नदिन हर क्षण सचेत र चनाखो हुनु जरुरी छ। हरेक पटक अनेकन भ्रष्टाचार र आर्थिक अनियमितताका काण्ड सार्वजनिक हुन्छन्, दबाब हुन्छ, छानबिनको प्रयास हुन्छ अनि विभिन्न दृश्य अदृश्य साँठगाँठमा प्रकरणलाई सामसुम पार्ने प्रयास हुन्छ। यस्तो हुन नदिन निरन्तर खबरदारी गरौँ।

    २) यो प्रकरणमा जोसुकै, जुनसुकै तह, ओहदा, र पार्टीको जस्तोसुकै प्रभावशाली व्यक्ति संलग्न भएको भए पनि छानबिन गरेर कारबाहीको दायरामा ल्याउनुपर्छ। नेता–नाता, सरकारी–गैरसरकारी कसैले छुट पाउनु हुँदैन । साथै यो सँगै कुनै व्यक्ति,संस्था वा समूहको स्वार्थ अनुकूल नीतिगत भ्रष्टाचारका लागि कहीँ कतैबाट ठाउँ बनाउन खोजिएको छ भने त्यसलाई रोक्नुपर्छ। अझै सशक्त ढङ्गबाट प्रतिवाद जरुरी छ, नागरिक स्तरबाट, सञ्चार माध्यमबाट, दलहरूभित्रबाट, सरकार भित्रैबाट र सांसदबाट। अतः सबै तिरबाट अझै सङ्गठित र सामूहिक रूपमा प्रतिवाद गरौँ।

    ३) यो प्रकरणसँग जोडिएर जसरी नेपालमा हुने प्रत्यक्ष वैदेशिक लगानी तथा अन्य लगानीको वातावरणलाई प्रभावित पार्ने र आरोप लगाउने विषय उठेका छन्। ती विषय गम्भीर छन्। यस सन्दर्भमा नेपाल सरकारले प्रस्ट गर्नुपर्छ, गराउनुपर्छ। पुनः आग्रह छ–समिति मात्र बनाएर प्रकरण फासफुस पार्ने र मिलेमतोमा टुङ्गाउने प्रयास कहीँ कतैबाट नहोस्।सुन काण्डदेखि भुटानी शरणार्थी काण्डसम्म पर्दाभित्र दलका शीर्षहरूबिच जे जस्ता मिलेमतोका प्रयास भए यो प्रकरणमा त्यस्तो हुन नदिन सरकारभित्र, दलहरूभित्र र बाहिर अझै सशक्त ढङ्गले खबरदारी गरौँ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, श्रावण १० २०७७०७:३९:३१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend