आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

भारतद्वारा रुपन्देहीमा निर्मित विद्यालय भवन उद्घाटन

भारतद्वारा रुपन्देहीमा निर्मित विद्यालय भवन उद्घाटन

  • मिडिया डबली
  • सोमवार, मंसिर ११ २०८०

  • 1.6K
    SHARES

  • भारतद्वारा रुपन्देहीमा निर्मित विद्यालय भवन उद्घाटन

    काठमाडौं- उपराष्ट्रपति रामसहाय यादवले भारत सरकारको सहयोगमा रुपन्देहीको रोहिणी गाउँपालिका–२, भटपुरवामा बनेको श्री पोखरभिण्डी माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन गरेका छन्।

    नेपाल–भारत विकास सहकार्य अन्तर्गत निर्मित उक्त भवनको आज एक कार्यक्रमका बीच भारतीय राजदूतावासका कार्यवाहक राजदूत प्रसन्न श्रीवास्तवको उपस्थितिमा औपचारिक उद्घाटन गरिएको हो।

    उक्त कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, विद्यालय व्यवस्थापनका प्रतिनिधि, शिक्षकरशिक्षिका, अभिभावक तथा विद्यार्थीहरुको पनि उपस्थिति रहेको थियो।

    भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौता अन्तर्गत पहिले साना विकास परियोजना नामले परिचित यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको हो।

    जिल्ला समन्वय समिति, रुपन्देहीमार्फत यो परियोजनाको कार्यान्वयन गरिएको दूतावासले जनाएको छ। कार्यक्रममा बोल्दै उपराष्ट्रपति यादवले नेपालका शैक्षिक तथा अन्य विविध क्षेत्रमा पूर्वाधार विकासका लागि भारत सरकारले गरेको सहयोगको प्रशंसा गर्दै दुई देशबीचको विकास साझेदारीले दुई देशका जनताबीचको मित्रताको सम्बन्धलाई अझ मजबुत बनाउन ठूलो योगदान गरेको बताए।

    india2.jpg

    कार्यवाहक राजदूत श्रीवास्तवले यी परियोजना भारत र नेपालबीचको बलियो विकास साझेदारीको एक महत्वपूर्ण हिस्सा भएको बताए।

    साथै उनले यी परियोजनाले हालैका वर्षमा उल्लेख्य प्रगति हासिल गरेको र नेपाल सरकार र नेपाली जनताका प्राथमिकतामा रहेका विभिन्न क्षेत्रहरुलाई समेत समेटेको बताए।

    उनले दुवै देशका जनताको हितका लागि नेपाल सरकारको प्राथमिकता अनुरुप विकास साझेदारीलाई सुदृढ गर्न भारत सरकार निरन्तर लागिपर्ने प्रतिबद्धता व्यक्त गरे। सन् १९५९ मा स्थापना भएको उक्त विद्यायलमा कक्षा १० सम्मको शिक्षा दिँदै आएको छ। विद्यायलमा ६ सय भन्दा बढी विद्यार्थी अध्ययनरत छन्।

    india3.jpg

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, आषाढ २६ २०७७०८:१६:३७

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend