आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

यसकारण भारतले जित्न सक्छ विश्वकप क्रिकेट

यसकारण भारतले जित्न सक्छ विश्वकप क्रिकेट

  • मिडिया डबली
  • आइतवार, मंसिर ३ २०८०

  • 2.9K
    SHARES

  • यसकारण भारतले जित्न सक्छ विश्वकप क्रिकेट

    काठमाडौं - अहमदावाद क्रिकेट मैदानमा आइतबार हुने फाइनल खेलमा भारतले पाँचपल्टको च्याम्पियन अस्ट्रेलियाको सामना गर्नेछ ।

    एक लाख ३० हजार दर्शक रहने मैदानमा भारतसामु उपाधि खडेरी तोड्ने अवसर छ । अस्ट्रेलियाविरुद्धको फाइनल जिते १० वर्षको उपाधि खडेरी तोड्ने छ ।

    आ रोहित शर्माको अपराजित टोली भारतले यसपल्टको प्रतियोगितामा भने लगातार १० खेल जितेको छ । यसपटक भारतसँग विराट कोहली, सुभनम गिल, श्रेयस ऐयर, मोहम्मद सामी, केएल राहुल जस्ता फर्ममा रहेका खेलाडी छन् । सन् १९८३ मा भारतले पहिलोपटक विश्वकप क्रिकेट जितेको थियो ।

    सन् २०११ मा पछिल्लो पटक जित्दा त्यो उपलब्धि आफ्नै भूमिमा प्राप्त भएको थियो । अन्तर्राष्ट्रिय क्रिकेटमा भारतीय टोलीको जस्तै दबदबा रहे पनि देशले सन् २०१३ यता कुनै उपाधि जित्न सकेको छैन । त्यो वर्ष भारतले जितेको भनेको च्याम्पियन्स ट्रफी थियो । अहिले पनि लयमा फर्कने क्रममा अस्ट्रेलियाले पछिल्लो आठ खेल लगातार जितेको छ ।

    अस्ट्रेलिया पाँचपल्टको विश्व च्याम्पियनमात्र होइन, टोलीले सन् २०२१ मा ट्वान्टी–२० विश्वकप पनि जितेको छ । गत वर्ष वर्ल्ड टेस्ट च्याम्पियनसिपको फाइनलमा अस्ट्रेलियाले उपाधिका लागि हराएको भनेको भारतलाई नै हो ।

    त्यो पनि निकै सजिलो तरिकाले । यसपल्टको विश्वकपमा भारतले लिग चरणको खेलमा अस्ट्रेलियालाई ६ विकेटले हराएको थियो । त्यतिबेला चेन्नईमा प्याट कमिन्सको टिम एक सय ९९ रनमै अलआउट भएको थियो ।

    लगत्तै लखनउमा अस्ट्रेलिया दक्षिण अफ्रिकाको हातबाट एक सय ३४ रनले पराजित रह्यो । अर्को सेमिफाइनलमा भारतले न्युजिल्यान्डलाई मुम्बईमा ७० रनले हराएको थियो ।

    भारतसँग यस विश्वकपकै सफल बलर मोहम्मद सामी छन् । उनले ६ खेलमा २३ विकेट लिएका छन् । न्युजिल्यान्डविरुद्धको अन्तिम खेलमा उनले ५७ रनमा ७ विकेट लिएका थिए ।

    भारत र दक्षिण अफ्रिकाविरुद्धका सुरुआती दुई खेल गुमाएर लड्खडाएको अस्ट्रेलिया अहिले पूर्णतः आफ्नो वास्तविक स्वरुपमा फर्केको छ ।

    त्यसपछि अस्ट्रेलियाले लिग चरणका सात खेलमात्र लगातार जितेन, केही उत्कृष्ट प्रदर्शनको इतिहास पनि बनाएको छ । सन् २००२ को विश्वकप फाइनलमा अस्ट्रेलियाले भारतलाई जोहानसबर्गमा १ सय २५ रनले हराएको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, आषाढ २६ २०७७०८:१६:३७

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend