काठमाडौं - भारत सरकारले सहयोगस्वरुप जाजरकोट भूकम्पपीडितलाई उपलब्ध गराएको राहत सामग्रीको दोस्रो खेप नेपाल आइपुगेको छ ।
जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई पठाइएको उक्त सामग्री भारतीय वायुसेनाको विमानमा पठाइएको हो ।
पहिलो खेपअन्तर्गत सोमबार नेपालगञ्ज विमानस्थलमा पुर्याइएका ती सामग्री मंगलबार ट्रकमा राखेर प्रभावित जिल्लामा लगिएको छ ।
दोस्रो खेपमा भारतले पठाएको सामाग्रीमा त्रिपाल ६ सय २५ थान, स्लिपिङ ब्याग र ब्ल्यांकेट एक एक हजार थान, ठूलो त्रिपाल ७० थान, केही औषधिलगायत सामग्री छन् ।
भारतीय राजदूत नवीन श्रीवास्तवले सोमबार उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई ती सामान नेपालगञ्जमा हस्तान्तरण गरेका हुन् ।
आज पठाइएका सामानबारे विदेशमन्त्री डा.एस जयशंकरले सामाजिक सञ्जालमार्फत् जानकारी गराएका छन् । भारतले सबैभन्दा अगाडि नेपालका भूकम्पपीडितलाई राहत सामग्री पठाएको हो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।