आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

भूकम्पपीडितलाई राहत वितरणमा चीनभन्दा भारत अगाडि, १६ करोड बराबरको सहयोग

भूकम्पपीडितलाई राहत वितरणमा चीनभन्दा भारत अगाडि, १६ करोड बराबरको सहयोग

  • मिडिया डबली
  • सोमवार, कार्तिक २० २०८०

  • 1.7K
    SHARES

  • भूकम्पपीडितलाई राहत वितरणमा चीनभन्दा भारत अगाडि, १६ करोड बराबरको सहयोग

    काठमाडौं - जाजरकोट भूकम्पलगत्तै चिनियाँ राजदूतले पीडितको राहतका लागि चीन सरकारले १० करोड बराबरको सहयोग गर्ने घोषणा गरे ।

    उनले एक दुई दिनभित्रै राहत सामग्री आउने पनि बताए । तर ७२ घन्टा बितिसक्दा पनि चीनको राहत अझै नेपाल आइपुगेको छैन । बरु भारत सरकारले जाजरकोट भूकम्पपीडितका लागि १६ करोड बराबरका राहत सामग्री हस्तान्तरण गरेको छ ।

    जाजरकोट भूकम्पपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल सरकारलाई हरसम्भव सहयोग गर्ने प्रतिबद्धताअनुरुप आइतबार १६ करोडबराबरका आपतकालीन राहत सामग्रीको पहिलो खेप नेपालगञ्ज विमानस्थलमा उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्कालाई हस्तान्तरण भएको भारतीय दूतावासले जनाएको छ ।

    भारतीय वायुसेनाको विशेष विमानले ढुवानी गरेका ११ टनभन्दा बढी राहत सामग्री भारतीय राजदूत नवीन श्रीवास्तवले कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माको उपस्थितिमा उपप्रधानमन्त्री खड्कालाई हस्तान्तरण गरेका हुन् ।

    हस्तान्तरित सामग्रीमा त्रिपाल, टारपोलिन सिट, कम्बल र स्लिपिङ ब्याग, पोर्टेबल भेन्टिलेटरलगायत चिकित्सा उपकरण र अत्यावश्यक औषधि छन् । आगामी दिनमा राहत सामग्रीका थप खेप नेपाल आइपुग्ने दूतावासले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

    छिमेकीका नाताले नेपालमा भूकम्पबाट प्रभावित भएकालाई हरसम्भव सहयोग गर्न भारत प्रतिबद्ध रहेको जनाइएको छ । आठ वर्षअघि पनि भारतले सबैभन्दा पहिले नेपालका भूकम्पपीडितलाई राहत वितरण गरेको थियो ।

    तर चीनले भने भूकम्पपछि नेपालका सबै नाका नै बन्द गर्न पुग्यो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, आषाढ २६ २०७७०८:१६:३७

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend