बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

कांग्रेस महासमिति बैठकको मिति परिवर्तन, यस्तो रहेछ कारण

कांग्रेस महासमिति बैठकको मिति परिवर्तन, यस्तो रहेछ कारण

  • मिडिया डबली
  • आइतवार, कार्तिक १९ २०८०

  • 1.9K
    SHARES

  • कांग्रेस महासमिति बैठकको मिति परिवर्तन, यस्तो रहेछ कारण
    फाइल तस्बिर

    काठमाडौं - नेपाली कांग्रेसको महासमितिको बैठकको मिति परिवर्तन भएको छ ।

    आइतबार कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले मंसिर महासमिति बैठकको मिति दुई हप्ता पर सार्दै मंसिर २९ देखि पुस २ गतेसम्म गर्ने निर्णय गरेको हो ।

    चाडपर्व र जाजरकोटमा गएको भूकम्पका कारण तयारीको समय कम भएको र हलको उपलब्धता पनि त्यसअघि नभएकाले बैठक सारिएको कांग्रेसले जनाएको छ । कांग्रेस महासमिति बैठक गोदावरीस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुनेछ । यसअघि कांग्रेस महासमिति बैठक मंसिर १५ देखि गर्ने निर्णय भएको थियो ।

    कांग्रेसले जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पबाट प्रभवितहरुको उद्धार र राहतका लागि तत्काल ५० लाख उपलब्ध गराउने निर्णय पनि गरेको छ ।.अन्य रकम सहयोगका लागि पार्टीका केन्द्रीय सदस्य जिपछिरिङ लामाले ११ लाख रुपैयाँ र पूर्वसांसद तथा कांग्रेसका नेता दिव्यमणि राजभण्डारीले पाँच लाख रुपैयाँ दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    प्रभावितहरुमाथि अन्याय नहोस् भन्न कांग्रेसले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको संयोजकत्वमा विपद् व्यवस्थापन सँगसँगै सबै कामहरु गर्नेगरी अनुगमन तथा सहजीकरण समिति निर्माण गर्ने निर्णय गरेको छ ।

    भूकम्प प्रभावितलाई दिइने राहतको अनियमितता हुन नदिन महामन्त्रीहरुले स्थलगत अवलोकन गर्ने छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend