आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images
राजनीतिक बिशेष

प्रतिवेदन लेख्न गगन र विश्वप्रकाश अर्धभूमिगत

प्रतिवेदन लेख्न गगन र विश्वप्रकाश अर्धभूमिगत

  • मिडिया डबली
  • मंगलवार, कार्तिक १४ २०८०

  • 3.2K
    SHARES

  • प्रतिवेदन लेख्न गगन र विश्वप्रकाश अर्धभूमिगत

    काठमाडौं - नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा यतिबेला अर्धभूमिगत अवस्थामा छन् ।

    आगामी मंसिरमा बस्ने महासमिति बैठकमा प्रस्तुत हुने प्रतिवेदन लेखनका लागि दुवै व्यस्त छन् । कांग्रेसको विधानमा महाधिवेशन भएको वर्षमा बाहेक प्रत्येक वर्ष महासमिति बैठक बोलाउनुपर्ने व्यवस्था छ ।

    महासमितिमा समसामयिक राजनीतिक विषयमा विचार निर्माण गर्नुको साथै विधान र नियमावलीका विषयमा छलफल हुने कांग्रेसमा अभ्यास छ ।

    ०७८ मंसिरमा सम्पन्न कांग्रेसको १४ औँ महाधिवेशनमा २५ जिल्लामा मात्र महासमिति सदस्यका लागि निर्वाचन भएको थियो । बाँकी जिल्लामा महाधिवेशन प्रतिनिधि मात्र चयन गरिएको थियो ।

    महाधिवेशनताका महासमिति सदस्य चयन नभएपछि अहिले निर्वाचन भइरहेको छ । कांग्रेसले केन्द्रमा पनि नीतिमाथि कुनै छलफल नगरी पदाधिकारी र सदस्यको निर्वाचनमात्रै गरेको थियो ।

    आसन्न महासमिति बैठकमा उपसभापति पूर्णबहादुर खड्काले नीतिगत, महामन्त्री थापाले सांगठनिक र अर्का महामन्त्री शर्माले समसामयिक राजनीतिक मुद्दा समेटेर प्रतिवेदन प्रस्तुत गर्नेछन् ।

    महासमिति बैठकमा सरकारको स्थिरताका लागि निर्वाचन प्रणाली संशोधन, क्रियाशील सदस्यताबाटै पार्टी सभापति निर्वाचित, प्रदेश र स्थानीय संरचनालाई अधिकार सम्पन्न बनाउनुपर्ने मुद्दा अघि सार्ने नेताहरूको तयारी छ ।

    राष्ट्रिय राजनीति, समाजवादीको विषय, परराष्ट्र, आर्थिक स्थिति, युवा विदेश पलायनलगायतका विषय नीतिगत प्रस्तावमा आउने बुझिएको छ । महामन्त्री थापाले गत शुक्रबार निर्वाचन समितिसँग महाधिवेशन प्रतिनिधि छनोटबारे छलफल गरेका थिए ।

    थापासँगको छलफलपछि निर्वाचन समितिले प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय समितिलाई कात्तिक २४ को मिति तोकेको छ । सो समयभित्र महाधिवेशन प्रतिनिधिको नाम नबुझाइए उनीहरू महासमिति बैठकमा सहभागी हुन नपाउने थापाले बताए ।

    महासमिति बैठकमा सरकारको स्थिरताका लागि निर्वाचन प्रणाली संशोधन, क्रियाशील सदस्यताबाटै पार्टी सभापति निर्वाचित, प्रदेश र स्थानीय संरचनालाई अधिकारसम्पन्न बनाउनुपर्ने मुद्दा अघि सार्ने नेताहरूको तयारी छ ।

    महामन्त्री शर्माले वर्तमान राजनीतिक विषयवस्तु समेटेर राजनीतिक प्रतिवेदन तयार पार्ने छन् । गठबन्धन, सरकार, विपक्ष पार्टीको गतिविधि, मुलुकको राजनीतिक अवस्थालगायतका विषयले प्रतिवेदनमा स्थान पाउने छन् ।

    कांग्रेसको विधानअनुसार क्षेत्रीय प्रतिनिधिले महाधिवेशन र महासमितिका प्रतिनिधि चयन गर्ने व्यवस्था छ । यसपटक कांग्रेसको महासमिति बैठकमा करिब २५ सय प्रतिनिधि सहभागी रहनेछन् ।

    कांग्रेस महासमिति बैठकमा ११ जना सदस्य प्रतिनिधिसभाबाट निर्वाचित क्षेत्रबाट निर्वाचित भएर आउने व्यवस्था छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ २१ २०७७०७:१४:४६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend