काठमाडौँ - नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले संसद्मा दर्ता भएको विद्यालय शिक्षा विधेयकमा धेरै त्रुटि रहेको बताएका छन्।
काठमाडौँमा शुक्रवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त विधेयकमा आफूले ७० भन्दा बढी संशोधन हाल्नुपर्ने ठाउँ रहेका भन्दै विधेयकप्रति असन्तुष्टि जनाएका हुन्।
उक्त विधेयकको विरोधमा देशभरका शिक्षकहरू काठमाडौँ आएर प्रदर्शन गरिरहेका बेला उनले धेरै त्रुटि रहेकाले सांसदबाट सच्याउनुपर्ने जानकारी दिएका छन्।
दीर्घकालीन रूपमा सोचेर कानुन बनाउनुपर्ने भन्दै उनले सांसदबाट सच्याएर उक्त विधेयक पारित गरिनुपर्ने बताए। साथै उनले तत्काल शिक्षकहरूको माग सम्बोधन गरेर पठनपाठनको अवस्था सृजना गर्न सरकारसँग माग गरेका हुन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।