आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images
राजनीतिक बिशेष

महामन्त्री गगन थापाको ‘रोडम्याप’ मा चल्न थाल्यो कांग्रेस

महामन्त्री गगन थापाको ‘रोडम्याप’ मा चल्न थाल्यो कांग्रेस

  • मिडिया डबली
  • बुधवार, आश्विन ३ २०८०

  • 6.1K
    SHARES

  • महामन्त्री गगन थापाको ‘रोडम्याप’ मा चल्न थाल्यो कांग्रेस

    काठमाडौं - ११ महिनापछि गत साउन २ गते नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्यो । अघिल्लो वर्ष भदौ ५ गते कांग्रेस केन्द्रीय समिति बैठक केही मिनेटका लागि बसेको थियो ।

    त्यसपछि मंसिरमा निर्वाचन भयो । निर्वाचनपछि सरकार बनाउने बेला गठबन्धन टुट्यो । फेरि नयाँ सरकार बन्यो । राष्ट्रपति निर्वाचन भयो । फेरि नयाँ समीकरण बन्यो ।

    तीन जिल्लामा प्रतिनिधिसभाको उपनिर्वाचन भयो । कांग्रेसको सर्मनाक पराजय भयो । तर पनि कांंग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति बैठक राख्न चाहेनन् । आफ्नो नेतृत्वको असफलताको आलोचना हुने डर उनमा थियो ।

    यसबीचमा उनले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको आलोचना गर्न निकट नेताहरूलाई निर्देशन दिए । सोहीअनुसार पार्टी नेतृत्वको बाहिर बाहिर आलोचना गर्ने गरेको, तर पार्टी बैठकमा केही बोल्न नसक्ने भन्दै थापा र शर्माविरुद्ध केही केन्द्रीय सदस्यहरूले फायर खोले ।

    अन्ततः देउवाले साउन २ गते केन्द्रीय समिति बैठक बोलाए । बैठकमा महामन्त्रीद्वय थापा र शर्माको आलोचना भयो । पार्टी नेतृत्वको बचाउ गरियो । तर केन्द्रीय सदस्यहरूले गरेको आलोचनाको कुनै प्रवाह नगरी थापा र शर्माले पार्टीको वार्षिक क्यालेन्डर सार्वजनिक गरे । महामन्त्री थापाले १३ पृष्ठको फरक मत दर्ता गरे ।

    आफ्नो कुरा निर्धक्क बैठकमा राखे । शर्मा र थापा दुवैले नेतृत्वको कमीकमजोरीबारे खुलेर बैठकमा राखे । त्यसको चौतर्फी प्रशंसा भयो । केन्द्रीय समिति बैठक बस्नुअघि नै कांग्रेसले क्रियाशील सदस्यता अनलाइनमार्फत वितरण गरेर सुधारको काम गरिसकेको थियो ।

    महामन्त्रीद्वयले सार्वजनिक गरेको वार्षिक क्यालेन्डरअनुसार कांग्रेसले कार्यक्रम सुरु गर्न थालेको छ । कांग्रेसको केन्द्रीय समिति बैठक असोज ४ गते बोलाइएको छ । कांग्रेसले आगामी मंसिर ११, १२ र १३ गते महासमिति बैठक गर्ने निर्णय गरेको छ ।

    यसअघि भदौ २४ देखि २६ गतेसम्म बीपी साहित्य महोत्सव आयोजना गरियो । अब कांग्रेसले आफ्नो गति समातेको छ । महामन्त्री शर्माले केही दिनअघि मात्रै यो कुरा सार्वजनिक गरिसकेका छन् । उनले पार्टीमा सुधारको संकेत देखिन थालेको मात्र होइन, गति नै समातेको उल्लेख गरेका छन् ।

    कांग्रेसको डा. शेखर कोइराला–गगन थापा समूहले पार्टीका पूर्वनिर्धारित कार्यक्रमहरूलाई व्यवस्थित रूपमा अघि बढाउन नेतृत्वलाई दबाब दिने भएका छन् ।

    मंगलबार काठमाडौंमा बसेका इतर समूहको बैठकले महासमिति बैठकको तयारी, समयमा नै १५औं महाधिवेशन गर्ने तयारीलगायतका विषयमा नेतृत्वलाई दबाब दिने निर्णय गरेको हो ।

    यसअघिको कार्यसमितिबाट पारित गरेको कार्यतालिकाको समीक्षा हुनुपर्ने र भएका कमीकमजोरीका बारेमा सुधार गरेर जाने बिषयमा छलफल भएको नेताहरूको भनाइ छ ।

    कांग्रेस नेता दिलेन्द्रप्रसाद बडूले महासमितिको एजेन्डा तथा महाधिवेशनका लागि क्रियाशील सदस्यको विषयलाई टुंग्याउनका लागि तयारीबारे छलफल भएको जानकारी दिए । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, श्रावण १० २०७७०७:३९:३१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend