काठमाडौं - नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक आगामी बिहिवार बस्ने भएको छ।
विधान अनुसार हरेक दुई महिनामा बस्नुपर्ने बैठक नराखिएको भन्दै कांग्रेस नेतृत्वको आलोचना भईरहेको बेला सभापति शेरबहादुर देउवाले असोज ४ गते बिहिवारका लागि बैठक डाकेका हुन्।
बैठकमा आफ्नो समूहको रणनीति तय गर्न नेता डा.शेखर कोइरालाले आज मंगलबार आफ्नो समूहको बैठक बोलाएको छ ।कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा आज दिउँसो २ बजेका लागि बैठक बोलाइएको हो ।
वैठकमा १४औँ महाधिवेशनमा कोइराला पक्षबाट उम्मेदवार भइ जितेका पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई बोलाइएको छ ।
आजको बैठकमा महामन्त्री विश्वप्रकाश शर्मा र महामन्त्रीका प्रत्यासी प्रदीप पौडेललाई पनि आमन्त्रण गरिएको छ । गत पुस ६ मा भएको कांग्रेस संसदीय दल निर्वाचनमा शर्मा र पौडेल संसदीय दल नेताका उम्मेदवार महामन्त्री गगन थापाको पक्षमा खुलेका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।