आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images
राजनीतिक बिशेष

न देउवालाई समाउन सक्ने, न गगनलाई छाड्न सक्ने अवस्थामा शेखर कोइराला

न देउवालाई समाउन सक्ने, न गगनलाई छाड्न सक्ने अवस्थामा शेखर कोइराला

  • मिडिया डबली
  • बिहिवार, भाद्र २८ २०८०

  • 4.4K
    SHARES

  • न देउवालाई समाउन सक्ने, न गगनलाई छाड्न सक्ने अवस्थामा शेखर कोइराला

    काठमाडौं - नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला अहिले आफूलाई पार्टीको वरिष्ठ नेताका रूपमा आफूलाई अगाडि बढाउन चाहिरहेका छन् ।

    १४औं महाधिवेशनमा सभापतिका उम्मेदवार शेखर शेरबहादुर देउवासँग पराजित बनेका थिए । अहिले उनी संस्थापन र इतर दुवै समूहको निर्विकल्प नेता बन्ने प्रयासमा छन् ।

    तर उनलाई दुवै समूहले त्यति धेरै भरोसा गरिरहेको देखिन्न । बुधबार उनले दिएका अभिव्यक्तिले पनि यो कुराको संकेत गर्छ । बिपी जयन्तीका अवसरमा आयोजित युवाहरूको विशेष विचार सम्मेलनलाई सम्बोधन गर्दै उनले पार्टी सभापतीय प्रणाली भएको बताए । उनले पार्टी सभापति र दुई महामन्त्री दुई ध्रुवमा बाँडिएर पार्टी नचल्ने बताए ।

    ‘अहिले कांग्रेसका सभापति र दुई जना महामन्त्री दुई ध्रुवमा बाँडिनुभएको छ । उहाँहरू नै दुई ध्रुवमा बाँडिएपछि पार्टी चल्छ कसरी ? हामीले यो सोचेका छौँ कहिले ? सभापतीय प्रणाली हो भने हामी त्यही हिसाबले हिँड्नुपर्‍यो । होइन भने अरू कुनै उपाय सोच्नुपर्छ । पार्टी सञ्चालन गर्न त्यो जरुरी छ । बिपीका पालामा प्रेसिडेन्सियल सिस्टम थियो, चलिराखेकै थियो । अहिले बहुपदीय छ, म बहुपदीयलाई खराब भन्दिनँ । तर यसले पनि हामीलाई बिगारिराखेको छ,’ उनले भने ।

    शेखरको यो अभिव्यक्ति को प्रति लक्षित छ भन्ने प्रस्ट छ । पार्टी सभापतीय पद्धतिमा रहेको भनेर उनले सभापति देउवालाई समर्थन गरेका छन् । पार्टीका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको असन्तुष्टि त्यति महत्वपूर्ण नभएको उनको भनाइ बुझिन्छ ।

    भविष्यमा आफू सभापति बनेमा पार्टीलाई डिक्टेटरसीप ढंगले चलाउने उनको संकेत छ । अहिले पार्टी सभापति देउवा सिस्टमअनुसार नचलेको भन्दै महामन्त्रीद्वय थापा र शर्माले असन्तुष्टि राखेका छन् ।

    तर त्यसलाई शेखरले त्यति महत्व दिएको देखिन्न । यसले शेखर महामन्त्रीसँग त्यति खुसी नदेखिएको हो कि भन्ने अनुमान गर्न सकिन्छ।

    तर बारम्बार उनले आफू गगन थापासँगै रहेको प्रस्टीकरण दिनुले शेखरमा स्थिरता होइन, छटपटी देखिएको प्रस्ट छ ।

    शशांक कोइरालाले आफूलाई सभापति देउवाको साथ रहेको र आगामी महाधिवेशनमा आफू सोही समूहबाट सभापतिको उम्मेदवार बन्न गइरहेको भन्ने अभिव्यक्ति दिएपछि शेखरलाई बडो संकट आइलागेको छ । त्यसैले अहिले उनी न देउवासँग जान सक्ने, न गगनलाई छाड्न सक्ने अवस्थामा छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, श्रावण १० २०७७०७:३९:३१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend