आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

कांग्रेस केन्द्रीय समिति बैठक अब असोज ४ गते बस्ने

कांग्रेस केन्द्रीय समिति बैठक अब असोज ४ गते बस्ने

  • मिडिया डबली
  • बुधवार, भाद्र २७ २०८०

  • 3.5K
    SHARES

  • कांग्रेस केन्द्रीय समिति बैठक अब असोज ४ गते बस्ने

    काठमाडौं - नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक असोज ४ गते दिउँसो १ः०० बजे बस्ने भएको छ ।

    यसअघि केन्द्रीय समिति बैठक असोज २ गते पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बोलाइएको थियो ।

    कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका निमन्त्रणा पठाइएको बताए ।

    गत साउनमा बसेको कांग्रेस केन्द्रीय समिति बैठकले दुई दुई महिनामा केन्द्रीय समिति बैठक बस्ने क्यालेन्डर सार्वजनिक गरेको थियो ।

    कांग्रेस महामन्त्री गगन थापाले बैठकको मिति तयार पारेका थिए । सोहीअनुसार पार्टी सभापति शेरबहादुर देउवाले असोज २ गते बैठक बोलाएका थिए । यसअघि ११ महिनापछि कांग्रेस केन्द्रीय समिति बैठक बसेको थियो ।

    nc_karyasamiti_baithak.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend