काठमाडौं - आगामी सेप्टेम्बर १० मा युएईको दुबईमा तीज धमाका सांस्कृतिक कार्यक्रम भब्य रुपमा हुने भएको छ।
नेपालका ख्यातिप्राप्त चर्चित लोकदोहोरी गायक गायिका तथा डान्सर सहभागी हुने उक्त कार्यक्रम विदेशमा पहिचान, समृद्ध सैनामैना हाम्रो अभियान भन्ने नाराका साथ आयोजना गर्न लागिएको हो ।
सैनामैना सेवा समाज, युएई आयोजक रहेको बृहत् सांस्कृतिक कार्यक्रम नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा सम्पन्न हुने भएको छ।
दुबईको याक एन्ड यति एभरेस्ट होटलमा आयोजना हुने तीज धमाका कार्यक्रममा चर्चित लोकदोहोरी गायक रामजी खाँण र कस्तुप पन्त तथा गायिका शोभा त्रिपाठी र उमादेवी खनालले आ–आफ्ना चर्चित गीतका साथै दोहोरी प्रस्तुति दिने भएका हुन्।
सांस्कृतिक कार्यक्रममा चर्चित डान्सर बबिता धिमालले स्टेज तताउने कार्यक्रम आयोजक केशब ढकालले मिडिया डबलीलाई जानकारी दिए छन्।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।