काठमाडौँ- बहुचर्चित गायक तथा गीतकार कस्तुप पन्तको तीज गीत 'तिम्रो फोटो आँखैमा...' सार्जनानिक भएको छ ।
निकै लोकप्रिय गायक तथा मोडल रामजी खाँण, कस्तुप पन्त, कमला पोखरेल र देबी घर्तिको आबाजमा रहेको 'तिम्रो फोटो आँखैमा...' सोमबार सार्बजनिक भएको हो ।
कस्तुप पन्तको लय तथा शब्द रहेको गीत्लाई बिनोद बाजुरालीले संगीत संयोजन गरेका हुन् । सारथी म्युजिक कम्पनीले सार्बजनिक गरेको उक्त गीतको भिडिओलाई कस्तुप पन्त नामक युटुब च्यानल बाट सार्बजनिक गरिएको छ ।
भिडिओमा समाजमा घटेको यथार्थ धटना देखाउन खोजिएको छ । मौसम हिमालीको निर्देशनमा तयार पारिएको भिडिओमा रामजी खाँण र करिश्मा ढकालको दमदार नृत्य देख्न सकिन्छ ।
करण चैसिरको छायाँकन रहेको भिडियोलाई लोकप्रिय सर्जक तथा सम्पादक शिब पौडेलले सम्पादन गरेका हुन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।