आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

दुबईमा तीज धमाका, यी कलाकारले तताउने छन् स्टेज

दुबईमा तीज धमाका, यी कलाकारले तताउने छन् स्टेज

  • मिडिया डबली
  • शुक्रवार, आषाढ २२ २०८०

  • 6.4K
    SHARES

  • दुबईमा तीज धमाका, यी कलाकारले तताउने छन् स्टेज

    काठमाडौं - आगामी सेप्टेम्बर १० मा युएईको दुबईमा तीज धमाका सांस्कृतिक कार्यक्रम हुँदैछ ।

    नेपालका चर्चित लोकदोहोरी गायक गायिका तथा डान्सर सहभागी हुने उक्त कार्यक्रम विदेशमा पहिचान, समृद्ध सैनामैना हाम्रो अभियान भन्ने नाराका साथ आयोजना गर्न लागिएको हो ।

    सैनामैना सेवा समाज, युएई आयोजक रहेको बृहत् सांस्कृतिक कार्यक्रम नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा सम्पन्न हुँदैछ ।

    दुबईको याक एन्ड यति एभरेस्ट होटलमा आयोजना हुने तीज धमाका कार्यक्रममा चर्चित लोकदोहोरी गायक रामजी खाँण र कस्तुप पन्त तथा गायिका शोभा त्रिपाठी र उमादेवी खनालले आ–आफ्ना चर्चित गीतका साथै दोहोरी प्रस्तुत गर्ने छन् ।

    सांस्कृतिक कार्यक्रममा चर्चित डान्सर बबिता धिमालले स्टेज तताउने कार्यक्रम प्रस्तोता सुरेन्द्र परियारले जानकारी दिए ।

    teej2.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २ २०७९०६:३८:२७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend