आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

संस्थापन इतर समूहको बैठकमा विश्वप्रकाश शर्मा र प्रदीप पौडेलको इन्ट्री

संस्थापन इतर समूहको बैठकमा विश्वप्रकाश शर्मा र प्रदीप पौडेलको इन्ट्री

  • मिडिया डबली
  • सोमवार, भाद्र १८ २०८०

  • 4.3K
    SHARES

  • संस्थापन इतर समूहको बैठकमा विश्वप्रकाश शर्मा र प्रदीप पौडेलको इन्ट्री

    काठमाडौँ - नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेल संस्थापन इतर समूहको बैठकमा सहभागी भएका छन् ।

    कांग्रेस नेता अर्जुननरसिंह केसीको निवास इटालीटारमा आइतबार बसेको संस्थापन इतरका नेताहरुको छलफलमा महामन्त्री शर्मा र नेता पौडेल सहभागी भएका हुन् ।

    बैठकमा महामन्त्री गगनकुमार थापा, सहमहामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियार, नेताहरु बलबहादुर केसी र दिलेन्द्रप्रसाद बडूलगायत सहभागी भएका थिए ।

    बैठकमा महामन्त्री शर्मा र महामन्त्रीका प्रत्यासी पौडेलको सहभागितालाई अर्थपूर्ण रुपमा लिइएको छ । दुवैजना पहिलोपटक संस्थापन इतरको बैठकमा सहभागी भएका हुन् ।

    पार्टीको संसदीय दलको चुनावको बेलामा एकै ठाउँमा आइपुगेका उनीहरु त्यसपछि पनि संस्थापन इतरको बैठकमा सहभागी भएका थिएनन् ।

    उनीहरुलाई संस्थापन इतरको बैठकमा सहभागी गराउन निकै दबाब बढेको थियो । नेता केसीको सक्रियतामा उनकै निवासमा शर्मा र पौडेल पनि सहभागी भएका हुन् ।

    छलफलमा डा.शेखर कोइराला भने बाहिर रहेकाले उपस्थित हुन सकेका थिएनन् । कोइरालाले चाँडै इतर समूहको बैठक बोलाउने र त्यसमा शर्मा र पौडेललाई पनि उपस्थित हुन निम्तो दिइने भएको छ ।

    पछिल्लो समय कांग्रेसमा महामन्त्रीद्वय थापा र शर्मा तथा सांसद पौडेल हरेक एजेन्डामा सँगसँगै देखिएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, श्रावण १० २०७७०७:३९:३१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend