आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

कांग्रेस संसदीय दलको बैठकमा किन उठ्यो सरकार छाड्ने कुरा ?

कांग्रेस संसदीय दलको बैठकमा किन उठ्यो सरकार छाड्ने कुरा ?

  • मिडिया डबली
  • आइतवार, श्रावण २८ २०८०

  • 4.1K
    SHARES

  • कांग्रेस संसदीय दलको बैठकमा किन उठ्यो सरकार छाड्ने कुरा ?

    काठमाडौं -  शुक्रबारदेखि सुरु भएको नेपाली कांग्रेसको संसदीय दलको बैठक आइतबार पनि बस्ने भएको छ ।

    बैठक आइतबार साढे १२ बजे संघीय संसद् भवनको ल्होत्से हलमा बस्ने भएको छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकका अनुसार आजको बैठकमा संसदको गतिरोध, कांग्रेसको भूमिका र जनजीविकाका विषयमा छलफल हुने भएको छ ।

    शुक्रबारको बैठकले बाढीपहिरोको प्रकोप, डेंगु र आँखा पाक्ने रोग, लम्पी स्किन नियन्त्रण गर्न सरकारसँग माग गरेको थियो । साथै सुनील शर्मा पक्राउ बैठकमा सांसदहरुले गम्भीर कुरा उठाएका थिए ।

    कांग्रेस दलका नेता शेरबहादुर देउवाले एक एक गरेर सांसदहरूलाई बोल्न समय दिँदै आएका छन् । आजको कांग्रेस बैठकमा माओवादी मन्त्रीहरूको कार्यशैली र सरकारको कामकारबाहीबारे पनि छलफल हुने भएको छ ।

    शुक्रबारको बैठकमा अधिकांश सांसदले सरकारको कार्यशैलीको तीव्र आलोचना मात्र गरेनन्, सरकारबाटै हट्न सुझाव पनि दिएका थिए ।

    कांग्रेसका नेताहरूलाई एकपछि अर्को काण्डमा तानेर पार्टीको इमेज ड्यामेज गर्ने काममा माओवादी मन्त्रीहरू लागेको कांग्रेस सांसदहरूको निष्कर्ष छ ।

    सुरुमा बालकृष्ण खाँण, त्यसपछि विजयकुमार गच्छदार, सुनिल शर्मालाई पक्राउ गर्न लगाएर कांग्रेसको इमेज ड्यामेज गर्ने काममा प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठको मिलेमतो रहेको आशंका गरिएको छ ।

    आजको बैठकमा अवरुद्ध संसदका विषयमा पनि कांग्रेसले छलफल गर्ने भएको छ । प्रमुख प्रतिपक्षी दल एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै आएको छ ।

    यस विषयमा कांग्रेसले अहिलेसम्म आफ्नो धारणा सार्वजनिक गरेको छैन । माओवादीले भने आधिकारिक रूपमै उच्चस्तरीय समिति आवश्यक नरहेको निष्कर्ष निकालेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend