सोमवार, कार्तिक ३ २०८३Oct 19 2026

Logo
images images

फेरि आदिवासी जनजाति भड्काउँदै प्रचण्ड, पुरानै बाटोमा हिँड्ने संकेत

फेरि आदिवासी जनजाति भड्काउँदै प्रचण्ड, पुरानै बाटोमा हिँड्ने संकेत

  • मिडिया डबली
  • बिहिवार, श्रावण २५ २०८०

  • 2.6K
    SHARES

  • फेरि आदिवासी जनजाति भड्काउँदै प्रचण्ड, पुरानै बाटोमा हिँड्ने संकेत

    काठमाडौं -  तेस्रोपटक प्रधानमन्त्री भएपछि पुष्पकमल दाहाल प्रचण्डले भनेका थिए– ‘यसपटक कम बोल्छु, धेरै काम गर्छु ।’ तर प्रधानमन्त्री भएको आठ महिनामा उनले गर्ने भन्दा धेरै बोलेरै समय बिताएका छन् ।

    यो अवधिमा उनले गरेका एउटा काम पनि सम्झनलायक छैनन् । बरु बोलीकै कारण पटकपटक विवादमा तानिने गरेका छन् । संसदमै आत्मालोचित हुनुपरेको छ ।

    पहिलो संविधानसभा निर्वाचनपछि प्रचण्ड प्रधानमन्त्री बनेका थिए । तर प्रधानसेनापति काण्डमा उनले पदबाट राजीनामा दिन पुगे । प्रधानमन्त्रीबाट हटेलगत्तै प्रचण्डले संविधान नै बन्न दिएनन् । त्यसमा एमाले अध्यक्ष केपी ओलीको भूमिका पनि उत्तिकै थियो । आफू चुनाव हारेको बदला ओलीले संविधान बन्न नदिएरै लिए ।

    संविधान बनाउने बेला पहिचान पक्षधरलाई प्रचण्डले उकास्ने गर्थे । दोस्रो संविधानसभा निर्वाचनपछि संविधान लेखन भइरहेका बेला उनले त्यसबेला आदिवासी जनजाति संविधानसभा सदस्य (ककस) लाई भड्काए थिए ।

    अहिले पनि प्रचण्ड त्यही बाटोमा हिँडेका छन् । बुधबार विश्व आदिवासी जनजाति दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा उनले पहिलेकै जस्तो गरी विवादास्पद अभिव्यक्ति लिएका छन् ।

    प्रचण्डले २०८४ को चुनावमा आफूहरुलाई बहुमत दिए सबै प्रदेशको नाम पहिचानका आधारमा राख्ने बताए । उनले दोस्रो संविधानसभामा आफूहरुको शक्ति कमजोर भएका कारण पहिचानका आधारमा प्रदेश बनाउन नसकेको दाबी पनि गरे । ‘२०८४ मा पहिचान पक्षधरलाई टन्नै मत हाल्दिनुभयो भने सदनैबाट त्यही पारित हुन्छ ।

    अहिलेको घटनाक्रमले नयाँ चेतना हामी सबैमा पैदा भएको छ र त्यो चेतनाको बलमा हामीले पहिचानसहितका प्रदेशहरुको नामकरण गर्न सकिन्छ,’ उनले भने । आफू पहिचान र अधिकारको आन्दोलनकै नेता भएको भन्दै प्रचण्डले आफूहरुले विगतमा शेर्पा प्रदेश, किरात प्रदेशको कुरा गरेको पनि बताए ।

    ‘शेर्पा प्रदेशको कुरा किरातको पनि मैले गरेकै थिएँ । तर त्यसलाई कार्यान्वयन गर्न जति तागत सदनमा हामीलाई चाहिने हो, पहिचानका पक्षधरलाई चाहिने हो, त्यो शक्ति हामीलाई प्राप्त भएन त्यसले गर्दा लागू गर्न सकिएन,’ उनले भने ।

    अहिले कोशी प्रदेश नामाकरणविरुद्ध पूर्वमा आन्दोलन भइरहेको छ । त्यसलाई अझ बल पुग्ने गरी उनले पहिचानका आधारमा प्रदेशको नाम राख्नुपर्ने बताए । ‘कोशी प्रदेश नामकरण भइसकेपछि चलिरहेको आन्दोलनको सन्दर्भमा आदिवासी, जनजातिलगायत विभिन्न सङ्–संस्थाका प्रतिनिधिले बालुवाटारमा आएर मलाई भेट्नुभएको थियो ।

    पहिचान र अधिकारको नेता हुनुको नाताले मैले आदिवासी, जनजातिको पक्षमा निर्णय गर्नुपर्छ भन्ने दायित्व मलाई अवगत छ । अहिले पनि तपाईँहरूको जो चिन्ता छ, चासो छ । पहिचानको होस् भन्नेमा । सिद्धान्ततः हामी सबैसँगै छौँ । र यो छलफल चलिराखेको पनि छ । अब यही प्रयासबाट तपाईँहरूले भनेजस्तो गरी पहिचान आउने भए त त्यो त धेरै राम्रो भयो ।

    मेरो प्रयास त्यतैपट्टि हुनेछ । भएन भने अघि शेर्पाजीले भनेको जस्तै २०८४ मा पहिचानका पक्षधरलाई तपाईँहरूले टन्नै मत हालिदिनु भयो भने सदनबाट नै त्यही पारित हुन्छ,’ उनले भने, ‘मलाई विश्वास छ– कोशी प्रदेश नामकरणको घटनाक्रमले एउटा नयाँ चेतना हामी सबैमा पैदा भएको छ ।

    र त्यो चेतनाको बलमा हामीले पहिचानसहितका प्रदेशहरूको नामकरण गर्न सकिनेछ । त्यसको निम्ति पनि गम्भीररूपले विचार गर्न म तपाईँहरूसँग अपिल गर्न चाहन्छु ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend