बुधवार, आश्विन २८ २०८३Oct 14 2026

Logo
images images

कांग्रेस केन्द्रीय सदस्यमा तीर्थ लामाको फराकिलो अग्रता, प्रेमध्वज र अनुप श्रेष्ठ दोस्रो र तेस्रो स्थानमा

कांग्रेस केन्द्रीय सदस्यमा तीर्थ लामाको फराकिलो अग्रता, प्रेमध्वज र अनुप श्रेष्ठ दोस्रो र तेस्रो स्थानमा

  • मिडिया डबली
  • मंगलवार, आश्विन २७ २०८३

  • 825
    SHARES

  • कांग्रेस केन्द्रीय सदस्यमा तीर्थ लामाको फराकिलो अग्रता, प्रेमध्वज र अनुप श्रेष्ठ दोस्रो र तेस्रो स्थानमा

    काठमाडौं - नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य (आदिवासी जनजाति खुला) पदको मतगणनामा तीर्थ लामाले फराकिलो अग्रता कायम गरेका छन्।

    सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा जारी मतगणनाको प्राप्त विवरणअनुसार लामाले १ हजार ५६५ मत प्राप्त गर्दै पहिलो स्थान हासिल गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी डा. प्रेमध्वज लामाले ९२३ मत प्राप्त गरेका छन् भने ई. अनुप श्रेष्ठ ८९७ मतसहित तेस्रो स्थानमा छन्।

    त्यस्तै, कर्मा छिरिङ शेर्पाले ८७८ मत, टेकप्रसाद गुरुङले ७६९, भीम श्रीस मगरले ७११, रामकृष्ण चित्रकारले ७०४ र बुद्ध लामाले ७०१ मत प्राप्त गरेका छन्।

    अन्य उम्मेदवारमध्ये अमृत गुरुङ र गेल्जे लामा (शेर्पा) ले समान ६२९ मत प्राप्त गरेका छन्। वंशालाल तामाङले ६२२, सुशील गुरुङले ५७९ र छन्दबहादुर पहराई मगरले ५४२ मत पाएका छन्।

    यसैगरी, श्यामलाल श्रेष्ठले ४९७, मनहरी श्रेष्ठले ४८६, प्रकाश महर्जनले ४०८, टंकप्रसाद राईले ४०३ र यज्ञराज चौधरीले ४०२ मत प्राप्त गरेका छन्। कमल तामाङ र खडकबहादुर राना ‘के.बी.’ ले समान ४०१ मत पाएका छन्।

    युवराज गुरुङले ३९९, ललित सिंह बोहराले ३९४, रेशमलाल गुरुङले ३८७, विष्णुकुमार राईले ३७८, कृष्णनारायण श्रेष्ठले ३४२, मीनबहादुर गुरुङले ३३४, वीरकाजी राईले ३२८, विजय सम्बाहाम्फेले ३२७ र हरिश्चन्द्र श्रेष्ठले ३२६ मत प्राप्त गरेका छन्।

    त्यस्तै, सरोज गुरुङले २९९, मानबहादुर बुढा मगरले २९४, सुरेशकुमार योङदेन ‘सुब्बा’ले २९३, सानुकान्छा श्रेष्ठले २८४, पूर्णकुमार तुम्बापोले २६८, जितेन्द्र महर्जन ‘पासा’ले २५९, लालबहादुर जिसीले २५८ र सूर्यदेव दास उराँवले २५१ मत प्राप्त गरेका छन्।

    रामकृष्ण लामाले २३५, सूर्यकुमार नेम्वाङले २२६, बुद्धिलाल श्रेष्ठले १८४ र रविन्द्रप्रसाद पुनहरले १५० मत पाएका छन्।

    प्राप्त मतपरिणामअनुसार तीर्थ लामा अन्य प्रतिस्पर्धीभन्दा अगाडि देखिएका छन्। यद्यपि, मतगणनाको अन्तिम परिणाम र निर्वाचित हुने सदस्य सङ्ख्या पुष्टि भएपछि मात्रै यस पदको अन्तिम नतिजाबारे निष्कर्ष निकाल्न सकिनेछ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, आश्विन २७ २०८३०९:०२:३९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend