आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

बालुवाटारमै केपी ओलीलाई ठूलो धक्का, सचिवालय बैठकमा प्रचण्डको अडानले तुहियो भित्रि योजना !

बालुवाटारमै केपी ओलीलाई ठूलो धक्का, सचिवालय बैठकमा प्रचण्डको अडानले तुहियो भित्रि योजना !

  • मिडिया डबली
  • शनिवार, जेठ १० २०७७

  • 47.6K
    SHARES

  • बालुवाटारमै केपी ओलीलाई ठूलो धक्का, सचिवालय बैठकमा प्रचण्डको अडानले तुहियो भित्रि योजना !

    काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले लामो समयदेखि उठाउँदै आएको संसदबाट अमेरिकासँगको एमसीसी सम्झौता पारित गर्ने योजनामा ठूलो धक्का लागेको छ ।

    एमसीसी सम्झौतालाई अगाडि बढाउने उद्देश्यसहित ओलीले आज शनिबारको सचिवालय बैठकमा भीम रावलसहितका नेतालाई राखेका थिए । तर अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अडानका कारण ओलीको सपना तुहिएको छ ।

    सचिवालय बैठकमा प्रचण्डले एमसिसी परियोजनालाई पार्टीमा छलफल गरेर मात्रै अगाडि बढाउनुपर्ने अडान लिएका छन् । नेकपा सचिवालय सदस्य, एमसीसी कार्यदलका सदस्य र एमसीसीबारे अध्ययन गरेका नेकपा नेताबीच बालुवाटारमा भएको छलफलमा प्रचण्डले पार्टीमा थप छलफल गर्नुपर्ने अडान लिएका छन् ।

    बैठकमा बोल्ने स्थायी कमिटी सदस्यहरुले स्थायी कमिटीको बैठकमा एमसीसीबारे छलफल हुनुपर्ने धारणा राखेका छन् । एमसीसी कार्यदलमा रहेका परराष्ट्रमन्त्री एवं स्थायी समिति सदस्य प्रदीप ज्ञवालीले सम्झौताको विश्वसनीयताका लागि पनि अगाडि बढाउनुपर्ने बताएपनि बैठकमा ओली पक्ष अल्पमतमा परेको स्रोतले जनाएको छ ।

    एमसीसी विवाद बढ्दै गएको बेला नेकपा केन्द्रीय समिति बैठकले पूर्व प्रधानमन्त्री झलनाथ खनालको नेतृत्वमा अध्ययन कार्यदल बनाएको थियो ।

    कार्यदलले यथास्थितिमा एमसीसीलाई अगाडि बढाउन नहुने निष्कर्ष सुनाएको थियो । तर प्रधानमन्त्री ओलीले तत्कालै एमसीसीलाई अगाडि बढाउन चाहेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend