काठमाडौं - हालै सम्पन्न केन्द्रीय समिति बैठकले गरेका निर्णय कार्यान्वयनका लागि नेपाली कांग्रेस ‘एक्सन’ मा उत्रिएको छ ।
साउन १० मा सम्पन्न केन्द्रीय कार्यसमिति बैठकको निर्णयअनुसार कांग्रेसले पहिलो चरणमा संगठन सुदृढीकरण अभियान सुरु गर्ने भएको छ । त्यसका लागि कांग्रेसले मंगलबार ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ ।
पहिलो चरणको अभियानमा आन्तरिक कार्यमा केन्द्रीय सदस्य र सहमहामन्त्रीले जिम्मेवारी निर्वाह गर्नेछन् । साउन २० देखि ३० गतेसम्म सञ्चालन हुने अभियानका लागि सह–महामन्त्री र केन्द्रीय सदस्यहरूलाई ७७ वटै जिल्लामा प्रतिनिधि खटाइएको हो ।
कांग्रेसले पाँचजना केन्द्रीय सदस्यबाहेकलाई जिल्लामा खटाएको छ भने प्रतिनिधि र प्रदेशसभाका सांसदबाहेकका केन्द्रीय सदस्यलाई जिम्मेवारी तोकिएको छ ।
पार्टीले अभियान अवधिमा केन्द्रीय सदस्यले गर्ने कामको कार्यादेश (टिओआर) पनि दिएको छ । कोशी प्रदेशको ताप्लेजुङ–१ मा सुजाता परियार, पाँचथर–१ लक्ष्मी परियार, इलाम–२ डा.डिला सङ्ग्रौला, मधेस प्रदेशको सप्तरी–४ मा आनन्दप्रसाद ढुंगना र सिरहा–४ मा राजीव ढुंगाना खटाएको छ ।
यस्तै, बागमती प्रदेशको काभ्रे २ मा केन्द्रीय सदस्य जितजंग बस्नेत, रसुवा १ मा अजयबाबु शिवाकोटी, गण्डकी प्रदेशको पर्वत १ मा उर्मिला थपलिया, म्याग्दी १ मा किरण पौडेललाई खटाइएको छ ।
यस्तो छ जिल्ला खटिएका केन्द्रीय प्रतिनिधिहरुको नामावली
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।