बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images
राजनीतिक बिशेष

केन्द्रीय समितिमा ‘एस म्यान’ हाबी भएपछि कर्मकाण्डीमै सीमित भो कांग्रेस बैठक

केन्द्रीय समितिमा ‘एस म्यान’ हाबी भएपछि कर्मकाण्डीमै सीमित भो कांग्रेस बैठक

  • मिडिया डबली
  • बिहिवार, श्रावण ११ २०८०

  • 1.6K
    SHARES

  • केन्द्रीय समितिमा ‘एस म्यान’ हाबी भएपछि कर्मकाण्डीमै सीमित भो कांग्रेस बैठक

    काठमाडौं - बुधबार साँझ पार्टी केन्द्रीय समिति बैठकमा सभापति शेरबहादुर देउवाले आफ्नो धेरै आलोचना होला भन्ने लागेको थियो, त्यति धेरै नभएकोमा सबैलाई धन्यवाद दिए ।

    उनले कांग्रेसमा एक से एक नेता भएको लाइभमार्फत दुनियाँले थाहा पाएको पनि बताए । देउवाले यसो भन्दै गर्दा केन्द्रीय सदस्यहरू गलल हाँसेका थिए । अर्थात् हामीमा आलोचना गर्ने चेत नभएको भन्ने अधिकांश नेताहरूले पुष्टि गरेका छन् ।

    करिब एक वर्षपछि बसेको केन्द्रीय समिति बैठकप्रति धेरैको आशा थियो । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले तयार पारेको कार्ययोजना र सांगठनिक प्रतिवेदन परिमार्जनसहित बैठकले पारित त गरेको छ, तर भ्रष्टाचार र सुशासनको पक्षमा कांग्रेस खरो उत्रिने अपेक्षामाथि शिथिल नेताहरूका कारण पानी फेरिएको छ । भलै महामन्त्री थापाले भ्रष्टाचार र सुशासनका पक्षमा १३ बुँदे फरक मत दर्ज गराएका छन् ।

    यसले अझै पनि कांग्रेसमा भविष्य बोकेका नेता छन् भन्ने पुष्टि भएको छ । कांग्रेसका समर्थक र शुभेच्छुकले यसको प्रशंसा गरेका छन् । महामन्त्रीद्वय थापा र शर्मा खरो रूपमा प्रस्तुत भएपछि बैठकले केही राम्रा निर्णय भने गरेको छ । अबको दुई महिनामा बैठक बस्ने निर्णय गर्नु केन्द्रीय समिति बैठकको एक मात्र राम्रो निर्णय हो ।

    मंसिरमा नीति महाधिवेशनको बैठक गर्ने निर्णयलाई पनि सकारात्मक रूपमा लिइएको छ । पार्टी विधानको व्यवस्थाअनुसार महाधिवेशनको वर्षबाहेक प्रत्येक वर्ष गर्नुपर्ने महासमिति बैठक मंसिर १३ देखि १५ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरिएको छ।

    पार्टीको १४औं महाधिवेशनबाट नेतृत्व मात्र चयन गरेको कांग्रेसले विधानको व्यवस्थाविपरीत नीति महाधिवेशन गर्ने जनाउँदै आएको थियो।

    महासमिति भेलालाई नै केन्द्रीय समिति बैठकले नीति महाधिवेशनका रूपमा आत्मसात् गर्ने निर्णय भएको छ। केन्द्रीय समिति बैठकले पार्टी संगठन सञ्चालनका लागि आन्तरिक र सार्वजनिक अभियान सञ्चालन गर्ने केही प्रस्ताव पारित गरेको छ। कांग्रेस बैठकले यही साउन २० देखि ३० गतेसम्म आन्तरिक अभियान चलाउने निर्णय गरेको छ।

    यसका लागि ७७ जिल्ला र ७५३ स्थानीय तहमा प्रतिनिधि खटिने छन्। त्यस्तै भदौ १० देखि २४ गतेसम्म ‘समुदायमा कांग्रेस’ नामक राष्ट्रव्यापी अभियान चलाउने निर्णय बैठकले गरेको छ। त्यसअन्तर्गत कांग्रेसले समुदायसम्म पुग्ने जनाएको छ।

    गत मंसिरमा भएको प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनपछि बसेको कांग्रेस केन्द्रीय समिति बैठक चुनावसँगै उदाएका नयाँ राजनीतिक दलका विषयमा मौन बसेको छ। पार्टीका नेताकार्यकर्ता नयाँ राजनीतिक दलसँग जोडिने क्रम बढिरहेको धारणा बैठकमा सदस्यहरूले राखेका थिए।

    तर यस विषयमा कांग्रेसले ठोस प्रस्ताव र धारणा बाहिर ल्याएको छैन। पार्टी विधानमा महाधिवेशन भएको ६ महिनाभित्र सबै निकायलाई पूर्णता दिइसक्नुपर्ने व्यवस्था छ। तर महाधिवेशन भएको डेढ वर्ष बित्दा पनि पार्टीका कुनै पनि निकाय र तहले पूर्णता पाएका छैनन्।

    केन्द्रीय समिति बैठकले पनि यस विषयमा ठोस निर्णय लिएन। असोजमा बस्ने केन्द्रीय समिति बैठकले यसबारे ठोस निर्णय गर्ने अपेक्षा लिइएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend