भारत पश्चिम बंगालको हावडा जिल्लामा शुक्रबार बिहान भीषण आगलागी भएको छ ।
हावडा जिल्लाको बजार क्षेत्रमा लागेको आगलागीमा ५० बढी पसल जलेर नष्ट भएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । घटनाको सुचना पाउने वित्तिकै १२ वटा दमकल आगो नियन्त्रणका लागि खटिएका थिए ।
समयमै दमकल पुगेका कारण ठूलो क्षति हुनबाट जोगिएको त्यहाँको अधिकारीहरुले बताएका छन् । ५० बढी पसल जलेर ध्वस्त हुदा करौडौंको नोक्सान भएको जनाइएको छ । -एजेन्सी
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।