आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

कांग्रेसका अधिकांश नेता मात्र होइन, सामाजिक सञ्जाल प्रयोगकर्ता बैठक लाइभ भएकोमा खुसी छैनन्

कांग्रेसका अधिकांश नेता मात्र होइन, सामाजिक सञ्जाल प्रयोगकर्ता बैठक लाइभ भएकोमा खुसी छैनन्

  • मिडिया डबली
  • बुधवार, श्रावण ३ २०८०

  • 1.5K
    SHARES

  • कांग्रेसका अधिकांश नेता मात्र होइन, सामाजिक सञ्जाल प्रयोगकर्ता बैठक लाइभ भएकोमा खुसी छैनन्

    काठमाडौं - नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । हिजो मंगलबारबाट सुरु भएको बैठक आज पनि जारी रहनेछ ।

    बैठक बिहान ११ बजेबाट पार्टी कार्यालय सानेपामा सुरु हुनेछ । पहिलो दिन मंगलबार महामन्त्री विश्वप्रकाश शर्माले बैठकको एजेन्डा प्रस्तुत गरेका थिए ।

    त्यसपछि महामन्त्री गगनकुमार थापाले पार्टीको वार्षिक कार्ययोजना प्रस्तुत गरेका थिए । बैठकमा नेता गोपालमान श्रेष्ठले निर्वाचन परिचालन समितिको प्रतिवेदन, आनन्दप्रसाद ढुंगानाले अनुशासन आयोगको प्रतिवेदन पेस गरेका थिए ।

    उक्त प्रतिवेदनमाथि आज केन्द्रीय सदस्यहरूले आ–आफ्ना धारणा राख्नेछन् । केन्द्रीय समिति बैठकको आज पनि प्रत्यक्ष प्रसारण हुने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

    तर बैठक फेसबुकमा लाइभ भएकोमा पार्टीकै अधिकांश नेता खुसी छैनन् । जो पार्टीलाई सही ढंगले चलाउन चाहन्छन्, उनीहरू लाइभ भएकोमा खुस देखिएका छैनन् ।

    तर लाइभ गरेपछि युवा नेताको मुख बन्द हुन्छ भन्ने मार्काका कांग्रेस नेता भने खुसी नै देखिएका छन् । कांग्रेस केन्द्रीय सदस्य रामहरि खतिवडा, बहादुरसिंह लामा, प्रतिमा गौतमलगायत केन्द्रीय समिति बैठक फेसबुकमा लाइभ हुँदा कडा ढंगले बोल्न अप्ठेरो हुने र पार्टीको भित्री कुरा बाहिर सार्वजनिक हुने भन्दै लाइभ गर्न नहुने मत राख्छन् ।

    कांग्रेसको बैठक लाइभ हुने कि नहुने भन्ने आजदेखि केन्द्रीय सदस्यहरूले बोल्न थालेपछि नेतृत्वले मूल्यांकन गर्नेछ । यदि पार्टी नेतृत्वप्रति केन्द्रीय सदस्यहरू आक्रामक ढंगले प्रस्तुत हुन थालेमा लाइभ बन्द हुने अनुमान गरिएको छ ।

    भरतजाज पोखरेल, सञ्जीव कार्की, विकान्त कार्की सयौं सामाजिक सञ्जाल प्रयोगकर्ता कांग्रेसको केन्द्रीय समिति बैठक प्रत्यक्ष प्रसारण भएकोमा असन्तुष्ट छन् ।

    कांग्रेसले केन्द्रीय समिति बैठक लाइभ गरेर ऐतिहासिक निर्णय गरेको भए पनि यसरी निर्वस्त्र हुनु राम्रो नभएको उनीहरूले सामाजिक सञ्जालमा लेखेका छन् ।

    पार्टी बैठकमा नेताहरूबीच घोचपेच मात्र हुँदैन, प्रतिपक्ष पार्टीविरुद्ध कसरी जाने, कस्तो रणनीति बनाउने भन्ने विषयमा पनि कुरा उठ्छन् । यी सबै रणनीति छताछुल्ल हुने भएकाले पनि लाइभ गर्न नहुने धेरैको मत छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend