आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images
राजनीतिक बिशेष

कांग्रेस बैठकमा महामन्त्री थापाले के के प्रस्ताव पेस गरे ? (पूर्णपाठ)

कांग्रेस बैठकमा महामन्त्री थापाले के के प्रस्ताव पेस गरे ? (पूर्णपाठ)

  • मिडिया डबली
  • मंगलवार, श्रावण २ २०८०

  • 4.1K
    SHARES

  • कांग्रेस बैठकमा महामन्त्री थापाले के के प्रस्ताव पेस गरे ? (पूर्णपाठ)

    काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी एक वर्ष क्रियाशील सदस्यता विस्तार अभियान चलाउने र पाँचदेखि सात लाख नयाँ सदस्य बनाउने कार्ययोजना अघि सारेका छन्।

    मंगललबारदेखि सुरू भएको कांग्रेस केन्द्रीय समितिको बैठकमा उनले आगामी साउन २० देखि २०८१ असार ३१ गतेसम्म ‘घरघर जाऊँ, पार्टी सदस्य बनाऊँ’ अभियान चलाउने योजना प्रस्तुत गरेका हुन्।

    २०७८ मा भएको १४औं महाधिवेशनको समयमा कांग्रेसमा आठ लाख ६६ हजार क्रियाशील सदस्य थिए । थापाका अनुसार उनीहरुको सदस्यता साउनभित्र उपलब्ध गराइने छ भने भदौ, असोज र कात्तिकमा जिल्ला कमिटीहरुले नवीकरण गर्नेछन् ।

    नयाँ सदस्यका लागि कांग्रेसले अनलाइन प्रणाली सुरु गरेको छ । महामन्त्री थापाले थप २२ वटा विभाग थप्न प्रस्ताव गरेका छन् । कांग्रेस विधानमा ४८ वटा विभाग छ । अहिलेसम्म एउटामात्रै विभाग गठन भएको छ ।

    भदौ १५ गतेभित्र विभाग बनाउने उनले बताए । उनले प्रत्येक विभागले आफ्नो कार्यक्षेत्रअन्तगतको कामहरुको कार्ययोजना बनाइ भदौ मसान्तसम्म पेश गर्नुपर्ने बताए । वर्षभरिको प्रगति विवरण ६६ महिनामा पेश गर्नुपर्ने थापाले उल्लेख गरे ।

    महामन्त्री थापाले आगामी एक वर्षमा बस्ने ६ वटा केन्द्रीय कार्यसमितिका बैठकमध्ये दुईवटा काठमाडौँ उपत्यकाबाहिर बस्ने प्रस्ताव पेस गरेका छन् । कांग्रेसको विधानतः प्रत्येक दुई महिनामा केन्द्रीय समिति बैठक बस्नुपर्नेछ ।

    जारी केन्द्रीय समिति बैठकमा सोही व्यवस्थाअनुसार आगामी ६ वटा बैठकको मिति प्रस्ताव गर्दै महामन्त्री थापाले असोज, मंसिर, माघ, चैत र जेठको पहिला साता बैठक राख्ने प्रस्ताव गर्दै वर्षमा दुई वटा बैठक काठमाडौँ उपत्यका बाहिर बस्नेगरी प्रस्ताव गरेका हुन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, श्रावण १० २०७७०७:३९:३१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend