आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

कांग्रेस रूपान्तरण अभियानका नेतालाई देउवाले भेटसमेत दिएनन्

कांग्रेस रूपान्तरण अभियानका नेतालाई देउवाले भेटसमेत दिएनन्

  • मिडिया डबली
  • मंगलवार, श्रावण २ २०८०

  • 2.1K
    SHARES

  • कांग्रेस रूपान्तरण अभियानका नेतालाई देउवाले भेटसमेत दिएनन्

    काठमाडौं - नेपाली कांग्रेसको रूपान्तरण अभियानले पार्टी सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको छ।

    केन्द्रीय कार्यसमिति बैठकअघि अभियानले पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलमार्फत प्रतिवेदन सभापति शेरबहादुर देउवालाई बुझाएको हो।

    रुपान्तरण अभियानले पार्टी सभापति देउवालाई नै भेटेर प्रतिवेदन बुझाउन प्रयास गरेको थियो । तर देउवाले अभियानका नेताहरूलाई भेटसमेत दिएनन् ।

    आफूविरुद्ध देशैभरि जागरण अभियान लिएर गएको भन्दै देउवा असन्तुष्ट छन् । अभियानमा मधु आचार्य, गुरुराज घिमिरे, डा.गोविन्दराज पोखरेल, रञ्जित कर्ण, रिता शाही, जगदीश्वरनरसिंह केसीलगायत छन् ।

    सातै प्रदेशमा भएका रूपान्तरण अभियान भेलाबाट प्राप्त सुझावलाई समेटेर प्रतिवेदन तयार पारिएको छ। गत जेठ ११ देखि ३१ गतेसम्म कांग्रेस रूपान्तरण अभियानले सातै प्रदेशमा भेला गरेको थियो।

    त्यसपछि प्राध्यापक, तरूणलगायतसँग काठमाडौंमा छलफल गरिएको थियो। विभिन्न राजनीतिक घटनाक्रम र अवस्थाले पार्टीका नेता तथा कार्यकर्तालाई चिन्तित बनाएको भन्दै अभियानले सातवटा बुँदाहरू उल्लेख गरेको छ।

    अभियानले निर्वाचनमा भएको गठबन्धनलाई अस्वाभाविक भन्दै सरकार निर्माणका क्रममा भएको राजनीतिक दुर्घटनाले कार्यकर्तालाई चिन्तित बनाएको दाबी गरेको छ।

    भ्रष्टाचार प्रकरणमा पार्टीका नेताहरूको संलग्नता, पार्टीका शुभेच्छुक तथा भ्रातृ संस्थामा देखिएको आन्तरिक अव्यवस्थालगायतका विषयलाई पनि अभियानले सुझावमा समेटेको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend