काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको निधनका कारण सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ । बैठक साउन २ गतेमात्रै बस्नेछ ।
दाहालको निधन भएकाले बुधवार बोलाइएको पदाधिकारी र केन्द्रीय समिति बैठक स्थगित भएको हो ।
आज बुधवार बिहान ८ः३३ बजे नर्भिक अस्पतालमा दाहालको निधन भएको छ । दाहालको पशुपति आर्यघाटमा दिउँसो २ बजे दाहसंस्कार गरिने प्रचण्डको सचिवालयले जानकारी दिएको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।