बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

कांग्रेसमा चाँडै ‘तेस्रो धार’ जन्मिँदै, यस्तो छ तयारी

कांग्रेसमा चाँडै ‘तेस्रो धार’ जन्मिँदै, यस्तो छ तयारी

  • मिडिया डबली
  • शुक्रवार, आषाढ १ २०८०

  • 4.5K
    SHARES

  • कांग्रेसमा चाँडै ‘तेस्रो धार’ जन्मिँदै, यस्तो छ तयारी
    फाइल तस्वीर

    काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालाबीच पछिल्लो समय बढेको निकटताले पार्टीभित्र तरंग छाएको छ । दुई नेताबीचको निकटतालाई केही नेताहरूले आशंका व्यक्त गरेका छन् । देउवा र चौधौं महाधिवेशनमा उनकै प्रतिस्पर्धी कोइरालाबीच निकटता बढ्दै जाँदा कांग्रेसमा नयाँ ध्रुवीकरणको संकेत देखिएको छ । 

    स्रोतका अनुसार देउवा–कोइराला निकटताबाट असन्तुष्ट दुवै पक्षका केही नेताले नयाँ समूह निर्माणको गोप्य तयारी थालेका छन् । उपसभापति पूर्णबहादुर खड्कासहित देउवा पक्षीय प्रभावशाली केही नेता र महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्मासहित कोइराला पक्षीय केही नेता पार्टीभित्र नयाँ समीकरणको गृहकार्यमा लागेका हुन् ।

    देउवाले नेता कोइरालालाई पार्टीमा अवसर दिने तयारी थालेपछि उपसभापति खड्का पनि झस्किएका छन् । दुवैतर्फका असन्तुष्ट नेताबीच आगामी महाधिवेशनसम्म नै एकता कायम राख्ने गरी नयाा समूह निर्माण हुनसक्ने बुझिएको छ ।

    कांग्रेसमा गुट बन्नु र भत्किनु नौलो भने होइन । पार्टीभित्र उठेको रूपान्तरणको बहस र दुई महामन्त्रीको दबाब थेग्न सभापति देउवाले नेता कोइरालालाई आफ्नो पक्षमा पार्न खोजेको देखिन्छ । तर, आगामी महाधिवेशनमा आफू सभापति नबन्ने घोषणा गरिसकेका देउवाले कोइरालालाई दोस्रो वरीयतामा राख्न खोजेपछि पन्ध्रौं महाधिवेशनमा उनलाई नै सभापतिको उम्मेदवार बनाउन सक्ने भन्दै दुवैतर्फका नेताहरू नयाँ ढंगले अघि बढ्ने भएका छन् । त्यसका लागि अहिले तीव्र रूपमा काम भइरहेको बुझिएको छ ।

    महाधिवेशनको डेढ वर्षसम्म पनि केन्द्रीय समितिलाई पूर्णता दिन नसकेको, कोषाध्यक्ष चयन नगरेको, तीनै तहका चुनावको समीक्षा गर्न केन्द्रीय समितिको बैठक नबोलाएको, भ्रातृ तथा शुभेच्छुक संस्थालाई निष्क्रिय बनाएको र पार्टीमा मनोमानी गरेको भन्दै कोइराला समूहकै नेताहरूले सभापति देउवाको आलोचना गरिरहेका छन् । तर, यही समयमा सभापति देउवाले कोइरालालाई नजिक बनाउँदै वरिष्ठ नेता बनाउने तयारी थालेपछि उनीनिकट नेताहरू नै झस्किएका हुन् ।

    महामन्त्री थापालाई अर्का महामन्त्री विश्वप्रकाश शर्माको साथ छ । पार्टी उपसभापति खड्का पनि पछिल्लो समय सभापतिसँग सन्तुष्ट छैनन् । यस्तो अवस्थामा पदाधिकारी तहकै नेताहरूले नयाँ समीकरणको प्रयास थालेका हुन् । कोइराला र महामन्त्री थापाबीच संसदीय दलको नेता छान्ने निर्वाचनबाटै खटपट सुरु भएको थियो ।

    आफ्नो समूहबाट मन्त्री छान्ने विषयमा पनि यी दुई नेताबीच समझदारी बनेको थिएन । यसले पनि कोइराला समूहमा असन्तुष्टि बढ्दै गएको थियो । यो असन्तुष्टिकै बीचमा नयाँ समीकरणको प्रयास हुनुले आगामी दिनमा पाको पुस्ता र युवा पुस्ताबीच प्रतिस्पर्धाको संकेत दिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend