मंगलवार, जेठ १६ २०८०May 30 2023

Logo
images

भारतले नेपाललाई दुईवटा पेट्रोलियम पाइपलाइन बनाइदिने

भारतले नेपाललाई दुईवटा पेट्रोलियम पाइपलाइन बनाइदिने

  • मिडिया डबली
  • शुक्रवार, जेठ १२ २०८०


  • भारतले नेपाललाई दुईवटा पेट्रोलियम पाइपलाइन बनाइदिने

    काठमाडौं - भारतले नेपाललाई दुईवटा पेट्रोलियम पाइपलाइन बनाइदिने भएको छ ।

    साथै, एक भण्डारण स्थल पनि निर्माण गरिदिने भएको छ। त्यसका लागि भारतले १७ अर्ब रुपैयाँभन्दा बढी खर्च गर्ने भएको छ ।

    images
    images

    दुई पाइपलाइन र झापाको टर्मिनल भारतले अनुदानमा बनाइदिने विषयमा प्रधानमन्त्रीको भारत भ्रमणमा सम्झौता हुने उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले जानकारी दिएका छन् ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जेठ १७ गते भारत भ्रमणमा जाँदैछन्। मन्त्री रिजालका अनुसार नेपालमा पेट्रोलियम पदार्थ आपूर्ति गर्न भारतको सिलुगढीदेखि झापासम्म र बाराको अमलेखगन्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन निर्माण, झापामा ग्रिनफिल्ड टर्मिनल (भण्डारण स्थल) निर्माण गर्न सघाउने भएको हो।

    नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसन (आइओसी) बीच पेट्रोलियम पाइपलाइन निर्माणका विषयमा लामो समयदेखि छलफल हुँदै आएकोमा प्रधानमन्त्री प्रचण्डको आसन्न भारत भ्रमणमा दुई सरकारबीच जिटुजी गर्ने सहमति भएको हो।

    नेपाल र भारत मिलेर रक्सौलदेखि अमलेखगन्जसम्म पेट्रोलियम पाइपलाइन बनाएका छन् । अहिले पाइपलाइनबाट डिजेल मात्र आउने गरेको छ । चाँडै पाइपलाइनबाट पेट्रोल ल्याउने तयारी भएको नेपाल आयल निगमका निर्देशक वीरेन्द्र गोइतले जानकारी दिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, आश्विन १६ २०७७०४:१३:४९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • क्यामरा पर्सन

    • सुनिल क्षेत्री
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी
    • खिमबहादुर गौतम
    • आकृति थापा क्षेत्री
    • सन्जिब न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend