काठमाडौं – अहिंसावादी नेता महात्मा गान्धीको १५१ औं जन्म जयन्ति तथा विश्व अहिंसा दिवसको अवसरमा भारत सरकारले नेपालका विभिन्न गैरनाफामुलक सामाजिक संस्था र विद्यालयहरुलाई ४१ वटा एम्बुलेन्स र ६ वटा स्कुल बसहरु निशुल्क प्रदान गरेको छ ।
गान्धी जन्म जयन्तिको अवसर पारेर काठमाडौंको लैनचौरस्थित भारतीय दूतावास परिसरमा आयोजित एक विशेष कार्यक्रममा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले ति स्कुल बस र एम्बुलेन्स प्रदान गरेका हुन् ।
ति एम्वुलेन्स र स्कुल बसहरु मुलुकका ३० वटा जिल्लालाई प्रदान गरिएको भारतीय दूतवासले जनाएको छ । भारतीय दूतवासले शुक्रबार प्रदान गरेका एम्बुलेन्सहरु तीन बर्गीकरणका रहेका छन् ।
उच्चस्तरिय सुविधा भएको एम्वुलेन्समा भेन्टिलेटर, इसीजी, अक्सिजन मनिटर, फोरजी मोवाइल सेवा, बीपी अपारर्चर, ह्वील चेयर, क्याथेटर्स आदि सुविधा जटित छन् । त्यस्तै, मध्यम खालका एम्बुलेन्स र सामान्य एम्बुलेन्समा समेत फोरह्वील सुविधा रहेको छ । भारतले सन १९९४ देखि नेपालमा हालसम्म ८ सय २३ वटा एम्बुलेन्स र १ सय ६० वटा स्कुल बसहरु निःशुल्क वितरण गरिसेको छ ।
स्कुल बस र एम्वुलेन्स हस्तान्तरण कार्यक्रममा नेपालका लागि भारतीय राजदूत क्वात्राले मित्रराष्ट्र भएको हैसियतले नेपालको हित र कल्याणका लागि भारतले सहयोग प्रदान गरिरहने बताए ।
गान्धी जयन्तीको अवसर पारेर शुक्रबार नै राजदूत क्वात्राले दूतावास परिषरमा रहेको महात्मा गान्धीको प्रतिमामा पुष्पगुच्छा अर्पण गरेका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।