काठमाडौं- काठमाडौं स्थित भारतीय दुतावासले नेपालमा फोटो प्रतियोगिता अयोजना गरेको छ । बिपी कोइराला इन्डियानेपाल फाउण्डेसनसँगको सहकार्यमा 'लेन्सका माध्यमबाट मित्रता' शिर्षकमा दुतावासले फाटो प्रतियोगतिा आयोजना गरेको हो ।
प्रतियोगितामा नेपाली नागरिकले जेईपीजे फर्मेटमा खिचेको आफ्नो फोटोहरु सहभागि गारउन सक्नेछन् । कला, बास्तुकला, नृत्यु, शिक्षा, संस्कृति एवं विकास लगायतका विभिन्न पक्षका फोटोहरुलाई सहभागि गराउन सकिने छ ।
फोटो बनाउँने लागत निवेदक आफैले दिनुपर्नेछ र कपिराइटको जिम्मा पनि निवदेकलाई नै हुनेछ । निवेदकले एकभन्दा बढी फोटो पनि सहभागि गराउन पाउँनेछन् तर, पुरस्कार भने एउटा फोटोलाई मात्रै दिइनेछ ।
आजको मिति (३१ अगस्त)बाट ३० सेप्टेम्बरसम्म दुतावासको मेल ([email protected]) मा आफ्नो परिचय एवं सम्पर्कसहित फोटो पठाउँन सकिने छ ।
निवदेकले फोटोसँगै नाम, ईमेल, लिंग, ठेगना, मोबाइल नम्बर खुलाएर राख्नु पर्नेछ, र त्यसको मुनी "म प्रमाणित गर्छु की, लेन्सका माध्यमबाट मित्रता फोटो प्रतियोगिताको लागि पठाएको मेरो फोटोले कुनै बौद्धिक सम्पती एवं अधिकारको उल्लंघन गर्दैन्, र यो फोटोको सर्वाधिकार मलाइ दिएपछि भारतीय दुतावासले आफ्नो वेबसाइट, फेसबुक, ट्विटरलगायत असिमित सञ्जालबाट प्रकासित गर्न सक्छ (I certify that the Photo(s) submitted by me for “MAITRI THROUGH MY LENS” do(es) not infringe on any copyrights or intellectual property rights and may be used by Embassy of India, Kathmandu on its website and various print/online and social media platforms (including but not limited to Facebook, Twitter etc.) after giving due courtesy/credit to me.)" नछुटाएर लेख्नुपर्नेछ ।
विजेताको नाम दुतावासको वेबसाइट, फेसबुक र ट्विटर ह्याण्डलबाट सार्वनजनिक गरिने छ । विजेताका लागि प्रथम पुरस्कार नेपाली रूपैयाँ ५० हजार, दाेस्राेकाे लागि ३० हजार, तेस्राेका लागि १५ हजार र चाैंथाेहुने व्याक्तिका लागि ६ हजार ताेकिएकाे छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।