मंगलवार, जेठ १६ २०८०May 30 2023

Logo
images

भारतले बनाइदियो ४६ हजार घर, नेपालको हितमा उल्लेख्य कार्य

भारतले बनाइदियो ४६ हजार घर, नेपालको हितमा उल्लेख्य कार्य

  • मिडिया डबली
  • सोमवार, भाद्र १ २०७७


  • भारतले बनाइदियो ४६ हजार घर, नेपालको हितमा उल्लेख्य कार्य

    काठमाडौं- नेपाल–भारतका उच्च कुटनीतिज्ञहरुबीच लामोसमयपछि भएको छलफल सम्पन्न भएको छ ।

    नेपालमा सञ्चालित भारतीय परियोजनाहरुको अवस्थाबारे अनुगमन गर्न गठित सचिवस्तरीय संयन्त्रको बैठक सोमबार सम्पन्न भएको हो ।

    images
    images

    परराष्ट्र सचिव शंकरदास बैरागी र भारतका तर्फबाट भारतीय राजदूत विनयमोहन क्वात्राको सहअध्यक्षतामा भिडियो कन्फ्रेन्सिङमार्फत बैठक समपन्न भएको हो ।

    भारतले प्रतिवद्धता गरेअनुसार भूकम्प प्रभावित गोर्खा र नुवाकोटमा ५० हजार घर निर्माणका लागि सहयोग घोषणा गरेको थियो ।

    तीमध्ये हालसम्म ४६ हजार ३०१ वटा घर निर्माण भइसकेका छन् ।

    बैठकमा भारतीय सहयोगमा नेपालमा सञ्चालनमा रहेका परियोजनाहरुमा २०७६ असार २३ यता भएको प्रगतिबारे समीक्षा भएको भारतीय दुतावासले जनाएको छ ।

    यसबीचमा मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइलपाइन, विराटनगरस्थित एकीकृत जाँच चौकीको सञ्चालनमा आएको विषयमा प्रगति भएको सहअध्यक्षहरुले जनाएका थिए। 

    त्यसैगरी बैठकमा कोभिड–१९ नियन्त्रणका लागि भारतले नेपाललाई उपलब्ध गराएको सहयोगको नेपालले प्रशंसा गरेको भारतीय दुतावासले जनाएको छ।

    चार महिना लामो संवादहीनतालाई तोड्दै प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको स्वतन्त्रता दिवसका दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग टेलिफोन संवाद गरेको दुई पनि पछि यो संयुक्त संयन्त्रको बैठक बसेको हो।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, आश्विन २२ २०७७०४:०९:४६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • क्यामरा पर्सन

    • सुनिल क्षेत्री
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी
    • खिमबहादुर गौतम
    • आकृति थापा क्षेत्री
    • सन्जिब न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend