एजेन्सी- उत्तर प्रदेशको हाथरसमा भएको सामूहिक बलात्कार काण्डका पीडित परिवारलाई भेट्न जाँदै गर्दा भारतीय काँग्रेसका नेता राहुल गान्धीलाई प्रहरीले पक्राउ गरेको छ ।
गान्धीलाई युपी पुलिसको नोएडा एक्सप्रेसवे को इकोटेक–१ चौकीबाट खटिएका प्रहरीले गिरफ्तार गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
प्रहरीले राहुलले धारा १८८ को उल्लंघन गरेको आरोपमा पक्राउ गरेको बताएको छ । १८९७ को महामारी कानून अन्तर्गतको धारामा उल्लेख भएअनुसार यदि कसैले त्यो कानूनको नियम उल्लंघन गरेमा उसलाई गिरफ्तार गर्न सकिने प्रहरीले जनाएको छ ।
१४ सेप्टेम्बरमा हाथरस जिल्लाको चन्दपा क्षेत्रस्थित एक गाउँकी १९ वर्षीया युवतीमाथि ४ जनाले सामूहिक बलात्कार गरी हड्डी भाँचेर जिब्रो काटेका थिए ।
ती युवतीको दिल्लीमा उपचारका क्रममा ती मृत्यु भएको थियो । बलात्कार गरेको आरोप लागेको चारै जनालाई अहिले प्रहरीले पक्राउ गरिसकेको छ ।
सोही घटनाका पीडित परिवारलाई भेट् जाँदा प्रहरीले पक्राउ गरेको हो । तर, प्रहरीको यो कदमप्रति अहिले सर्वसाधरणले आलोचना गरिरहेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।