काठमाडौँ- चर्चित गायक तथा गीतकार तेजस रेग्मी, शुबाश खत्री र गायिका लक्ष्मी खड्काको आबाजमा रहेको लोकदोहोरी पन्चेबाजा गीत 'बाग्लुङ बलेबा...' छोटो समयमा नै चर्चा बटुल्न सफल भएको छ ।
केहि दिन अगाडी मात्र तेजस रेग्मीको आफ्नै अफिसियल युटुब च्यानल मार्फत रिलिज गरिएको उक्त गीतमा तेजस रेग्मीकै लय शब्द रहेको छ । गीतमा एच बि एन किस्मतले संगीत संयोजन गरेका छन् ।
कुमार केसीको निर्देशनमा तयार पारिएको भिडिओको छायांकन राम केसीको रहेको छ । बाग्लुङ जिल्ला आसपासका क्षेत्रमा छायांकन गरेको भिडिओमा तेजस रेग्मी, सुबाश खत्री र यसु भट्टराईको दमदार अभिनय देख्न सकिन्छ ।
जनता डिजिटल एण्ड फिल्म्सको ब्यानरमा तयार पारिएको भिडिओलाई अमृत चापागाईले सम्पादन गरेका हुन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।