काठमाडौँ- चर्चित गायक तेजस रेग्मी र गायिका समिक्षा अधिकारिको आवाजमा लोकदोहोरी गीत 'फुर्के जुँगा...' रिलिज भएको छ ।
सपना बानियाँको शब्दलाई टपक्क टिपेर संगीतकार तेजस रेग्मीले नै गीतमा संगीत भरेका छन् । योगेश काजिको संगीत संयोजन रहेको गीतलाई तेजस रेग्मी नामक अफिसियल युटुब च्यानल मार्फत शुक्रबार रिलिज गरिएको हो ।
भिडिओमा मोडल शुधिर श्रेष्ठ, रोशनी कार्की, राज र सोफिया बज्राचार्यको दमदार अभिनय देख्न सकिन्छ । नारानघाट आसपासमा छायांकन गरिएको उक्त भिडिओलाई आदित्य बुढाथोकीले निर्देशन गरेका हुन् भने मुकेश हुमागाईंले छायाँकन गरेका छन् ।
भिडिओमा अमृत पाण्डेले ड्रोन उडाएका छन् भने पदम सुबेदीको सम्पादन रहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।