काठमाडौँ- चर्चित गायक तथा गीतकार तेजस रेग्मी र गायिका निशा क्षेत्रिको आवाजमा लोकदोहोरी गीत 'मायाले रानीफुल सारे...' रिजिल भएको छ । तेजस रेग्मीकै शब्दलाई टपक्क टिपेर संगीतकार गोबिन्द पौडेलले गीतको संगीत गरेका हुन् ।
छोटो समयमा टिकटकमा चर्चा बटुल्न सफल रहेको उक्त गीतलाई एच बि एन किस्मतले संगीत संयोजन गरेका छन् । टि आर सिरिजको ब्यानरमा तयार पारिएको उक्त भिडिओलाई तेजस रेग्मी नामक आफ्नै युटुब च्यानल मार्फत केहि दिन अगाडी मात्र रिजिल गरिएको हो ।
भिडिओमा मोडल रबिना भण्डारी, लोमश शर्मा र तेजस रेग्मीको दमदार नृत्य देख्न सकिन्छ । कुमार केशीको निर्देशनमा तयार पारिएको भिडिओलाई अजय रेग्मीले छायाँकन गरेका छन् ।
छोटो समयामा ब्यापक रुचाइएको भिडिओको सम्पादन अमृत चापागाईले गरेका हुन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।