काठमाडौँ- चर्चित गायक तथा संगीतकार तेजस रेग्मीको आवाजमा लोकदोहोरी गीत 'मलाई भन अरुलाई भन्दिन...' रिलिज भएको केहि दिनमा नै सर्बत्र चर्चा बटुल्न सफल भएको छ ।
गीतमा गायक तेजस रेग्मीलाई राजु कंडेल र गायिका रिना केसीले साथ् दिएका छन् । छोटो समयमा नै चर्चा बटुल्न सफल उक्त गीतको शब्द, संगीत गायक स्योयम् रेग्मीले गरेका हुन् ।
योगेश काजीको संगीत संयोजन रहेको गीतलाई तेजस रेग्मीको आफ्नै अफिसियल युटुब च्यानल टि आर सिरिजबाट सार्बजनिक गरिएको हो ।
गीतको भिडिओमा मोडल दुर्गेश थापा, तेजस रेग्मी, अर्जुन गौतम, दिपाषा बिसी, गरिमा शर्मा र अस्मिता जुरेलीको दमदार अभिनय देख्न सकिन्छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।