काठमाडौं - नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवा र उपसभापति एवं उपप्रधानमन्त्री पूर्णबहादुर खड्का प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट्न सिंहदरबार पुगेका छन् ।
प्रधानमन्त्री कार्यालयमै उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ पनि उपस्थित छन् ।
कांग्रेस सभापति देउवाले आफैं प्रधानमन्त्री हुँदा गृहमन्त्री रहेका खाँणको संलग्नता के केसी भयो भन्ने बुझ्न प्रधानमन्त्री प्रचण्डसँग कुराकानी गरिरहेको स्रोतले बतायो ।
यसअघि सिंहदरबारमै प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको थियो ।
नक्कली शरणार्थी प्रकरणमा गिरोहका सदस्यले नाम लिएपछि प्रहरीले बुधबार बिहान नेता खाँणलाई उनकै निवासबाट पक्राउ गरेको थियो । उनीसँग चार घन्टा लामो सोधपुछ गरी अहिले जिल्ला सरकारी कार्यालयमा बयानका लागि लगिएको छ । खाँणले आफूले गल्ती नगरे पनि पक्राउ पर्नुपर्ने रहेछ भन्ने प्रतिक्रिया दिएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।