काठमाडौं - नक्कली भुटानी शरणार्थी काण्डमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन् ।
उनी बुधबार बिहान आफ्नै निवासबाट पक्राउ परेको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ ।
प्रहरीले मंगलबार राति मात्र खाँणलाई पक्राउ गर्न पक्राउ पुर्जी जारी गर्ने तयारी गरेको थियो ।
सोहीअनुसार हाइअलर्टमा रहेको प्रहरी बिहान उनकै निवासमा पुगेर पक्राउ गरेको सोतले बतायो ।
विस्तृत विवरण केही समयपछि दिने प्रहरीले जनाएको छ ।
हाल उनलाई अपराध अनुसन्धानको कार्यालयको हिरासतमा राखिएको परिसरका प्रवक्ता सिताराम रिजालले जानकारी दिए ।
प्रहरीले अर्का पूर्वगृहमन्त्री रामबहादुर थापा बादललाई पनि पक्राउ गर्ने तयारी गरेको बताइएको छ ।
उनका छोरा प्रतीक थापा पक्राउ पुर्जी जारी भएपछि फरार छन् ।
गिरोहका सदस्यले बादलकी श्रीमती नैनकला थापाको नाम पनि पोलेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।