काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उमेरले ७९ वर्ष पुगिसके । देशको पाँचचोटि प्रधानमन्त्री भनेका समकालीन नेतामध्ये देउवा एक मात्र जीवित नेता हुन् ।
अझै पनि उनी प्रधानमन्त्रीको रेसमा छन् । पार्टीको सभापति भइसकेका, गृहमन्त्री हुँदै प्रधानमन्त्री बनेका देउवा अहिलेसम्म भ्रष्टाचारको मामिलामा कतै परेका छैनन् ।
प्रधानमन्त्री भएकाले पनि उनको पालामा भएका अनियमिततामा मन्त्रीहरूको नाम जोडेर समाचार नआएका भने होइनन् । तर देउवा कतै जोडिएका छैनन् ।
यो उमेरमा आएर देउवा साह्रै तनावमा परेका छन् । श्रीमती आरजु देउवाको नक्कली शरणार्थी प्रकरणमा मुछिएपछि देउवा तनावमा परेका हुन् ।
गृह मन्त्रालय स्रोतका अनुसार गिरोहका सदस्य भनिएका व्यक्तिले आरजु देउवालाई साढे दुई करोड र मञ्जु खाँणलाई ६ करोड दिएको भनेको अडियो सार्वजनिक भएपछि शेरबहादुर देउवामा चासो र चिन्ता धेरै बढेको छ ।
यो प्रकरणमा भएको के हो भनेर उनले अहिले सोधीखोजी गरिरहेको बताइन्छ । पाँचपटक प्रधानमन्त्री भइसकेका नेताको श्रीमती नै ठगीकाण्डमा परेपछि अहिले देशभर आलोचना भइरहेको छ ।
जिन्दगीभरि देश र जनताका लागि राजनीति गरेका देउवा रिटायर्ड लाइफमा श्रीमतीका कारण तनावमा परेका हुन् ।
कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकी आरजु देउवाले आफूमाथि लाञ्छना लगाउन र चरित्रहत्या गर्न ठगीकाण्डमा नाम मुछिएको प्रतिनिधिसभामै बताइसकेकी छन् ।
उनले आफूले नबिराएकाले डराउनुपर्ने कारणसमेत नभएको घोषणा गरिसकेकी छन् ।
तर पनि मिडियामा समाचार आइरहेकाले सभापति देउवा चिन्तामा परेका हुन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।