काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा गृह प्रशासनको प्रयास प्रशंसनीय भएको बताउँदै अझै गहिरोसँग अनुसन्धान गर्न र कसैलाई नछोड्न माग गरेका छन् ।
शरणार्थी प्रकरणमा भिआइपी जालो उजागर हुँदै गएका बेला बिहीबार थापाले आफ्नो धारणा सार्वजनिक गरेका हुन् । नेता थापाले यो प्रकरणमा संलग्न जुनसुकै ओहदा र शक्तिको भए पनि कानुनभन्दा माथि कोही नहुने भन्दै कारबाही गर्न माग पनि गरेका छन् ।
उनले यसलाई घटना नभई प्रवृत्ति भएको पनि बताएका छन् । ‘नक्कली भुटानी शरणार्थी बनाएर लैजाने ठगी प्रकरणको अनुसन्धानका क्रममा ‘ठगी गिरोहको भिआइपी जालो’ उजागर हुँदै गएको छ। यो प्रकरणमा गृह प्रशासनको प्रयास प्रशंसनीय छ।
यो घटना होइन प्रवृत्ति हो।अझै गहिरोसँग अनुसन्धान होस्।कोही नछुटून्। संलग्न जोसुकै, जुनसुकै ओहदा र शक्तिको होस्,कानून भन्दा माथि कोही हुँदैन,’ थापाले सामाजिक सञ्जालमा लेखेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।