काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेसका तीनजनालाई मन्त्री नियुक्त गरेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा पौडेलले बुधबार कांग्रेसका तीन नेतालाई मन्त्री नियुक्त गरेका हुन् । कांग्रेस उपसभापतिसमेत रहेका धनराज गुरुङलाई कानुन, केन्द्रीय सदस्य मोहन बस्नेतलाई स्वास्थ्य र डिलबहादुर लिम्बूलाई युवा तया खेलकुद मन्त्रीमा नियुक्त गरेका हुन् । नवौंपटक मन्त्रीपरिषद् विस्तार गरे पनि अझै अपूर्ण छ ।
नवनियुक्त मन्त्रीहरूको शपथ बिहीबार दिउँसो हुने राष्ट्रपति कार्यालयले जनाएको छ । गुरुङ र लिम्बू पहिलोपटक मन्त्री बनेका हुन् । बस्नेत भने तीनचोटि मन्त्री भइसकेका छन् ।
यसअघि उनी स्वास्थ्य राज्यमन्त्री र सञ्चारमन्त्री भएका थिए । नेपाली कांग्रेसको केन्द्रीय दैवीप्रकोप उद्धार समितिको संयोजक र खेलकुद विभागका प्रमुख भइसकेका बस्नेत सामाजिक सेवामा पनि उत्तिकै क्रियाशील छन् ।
भूकम्प, बाढीपहिरो, कोरोना महामारीका बेला उनले सिन्धुपाल्चोकवासीका लागि काम गर्दै आएका छन् । २०४१ सालदेखि बस्नेत शिक्षा क्षेत्रमा क्रियाशील रहँदै आएका छन् । उनले त्रिविबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन् ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।