काठमाडौं– नेपाली कांग्रेसले तनहुँ, चितवन र बाराका नेता–कार्यकर्ता माथिको कारबाही फुकुवा गरेको छ। कांग्रेसको अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुंगानाले मंगलबार विज्ञप्ती जारी गर्दै २०७४ साल र २०७९ सालमा भएका निर्वाचनमा पार्टी विरुद्ध गतिविधि गरेका सबै नेता–कार्यकर्ता माथिको कारबाही फुकुवा भएको जनाएका छन्।
‘२०७४ साल र २०७९ सालमा भएको स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा सदस्य पदको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार तथा पार्टीले समर्थन गरेका उम्मेदवारका विरुद्ध वागी उम्मेदवारी दिएका र त्यस्ता वागी उम्मेदवारका प्रश्तावक र समर्थक बसेका तथा पार्टी र पार्टीको उम्मेदवारको हित विपरितका गतिविधिमा संलग्न भएका कारण, पार्टी विधान र नियमावली बमोजिम स्वतः कारवाहीमा परेका तथा पार्टीको जिल्ला, प्रदेश र केन्द्रीय अनुशासन समितिको निर्णयबाट अनुशासनको कारवाहीमा परेका तनहुँ, चीतवन र बारा जिल्लाका पार्टीका सम्पूर्ण सदस्यहरुको अनुशासनको कारवाही आजैका मितिदेखि लागु हुने गरी फुकुवा गरिएको छ,’ ढुंगानाले जारी गरिएको विज्ञप्तीमा भनिएको छ।
कांग्रेसले पार्टी अनुसशानको कारवाही फुकुवा भएका नेता–कार्यकर्ता चितवन–२ र तनहुँ–१ र बारा–२ मा वैशाख १० गते हुने उपनिर्वाचनमा पार्टी र गठबन्धनका उम्मेदवारलाई जिताउन निर्देशन समेत दिएको छ। ‘पार्टी अनुशासनको कारवाही फुकुवा भएका तनहुँ, चितवन र बारा जिल्लाका सम्पूर्ण साथीहरुले २०८० बैशाख १० गते हुने उपनिर्वाचनमा तनहुँ–१ का पार्टीका उम्मेदवार गोविन्द भट्टराई र चितवन–२ का पार्टीका उम्मेदवार जीतनारायण श्रेष्ठ तथा पार्टीले समर्थन गरेका बारा–२ का उम्मेदवार उपेन्द्र यादवलाई विजयी बनाउनका लागि सक्रियतापूर्वक क्रियाशील रहन समेत यसै विज्ञप्ति मार्फत अनुरोध गरिन्छ,’ ढुंगानाले भनेका छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।