काठमाडौं–नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीले लोक रिझ्याइँको राजनीति गरेको बताएका छन् ।
चितवन–२ को चुनावी सभामा बोल्ने क्रममा राश्वपाको नाम नलिइकन थापाले रिझ्याइँ गर्ने राजनीतिक दलको चित्रण गरे ।
रिझ्याइँको राजनीतिले उत्तेजना र समाज भड्काउने कार्य गर्ने उनले बताए । ‘लोकरिझाइँको राजनीतिले २र४ दिन रमाइलो हुन्छ । रोकरिझाई राजनीतिको एउटामा मात्रै सुत्र हुन्छ । के गर्नुपर्ने हो, त्यो हुँदैन । तपाईलाई जे सुन्न मन लागेको छ , त्यही भन्दिने हो,’ थापाले भने,‘लोक रिझ्याइँबाट प्रभावित भएर सिंगो प्रणाली माथि नै प्रश्न उठ्ने अवस्था आउन दिनुभयो भने त्यसको मूल्य हामी सबैले चुकाउनुपर्दछ।’
चितवन–२ लाई परीक्षण गर्ने ठाउँ हुन नदिन उनले मतदातासँग आग्रह गरे । अरु दुई ठाउँभन्दा भिन्न परिवेशमा चितवन(२ मा उपनिर्वाचन भएको उल्लेख गर्दै थापाले भने,‘उपनिर्वाचनको दोषी संविधान होइन । ल मेकर हुनुको अर्थ ल ब्रेकर हुन पाइन्छ भन्ने होइन ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।