काठमाडौं– नेपाली कांग्रेसबाट मन्त्री बन्नेहरुको नाम लगभग टुंगिएको छ । यसअघि ४ जनालाई मन्त्री बनाएको कांग्रेसले उपसभापति धनराज गुरुङ, नेताहरु एनपी साउद, मोहन बस्नेत, डिगबहादुर लिम्बु र सुरेन्द्र आचार्य मन्त्री बनाउने भएको छ। साउद र बस्नेत संस्थापन समूहका हुन् ।
साउद परराष्ट्र मन्त्री बन्ने सम्भावना छ भने बस्नेतले स्वास्थ्य तथा जनसंख्या मन्त्री दाबी गर्दै आएका छन्। डिगबहादुर लिम्बुलाई कानुन भनिएको छ, तर उनले यसमा रुची देखाएका छैनन् ।
शेखर–गगन समूहले थप एउटा मन्त्री पाउँदा सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डेमध्ये एक जाने थिए । तर उनीहरुलाई रोकेर सुरेन्द्र आचार्य मन्त्री बन्ने पक्का जस्तै भएको नेताहरु बताउँछन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।