बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

कांग्रेस उम्मेदवार भट्टराईले गरे यस्ता प्रतिवद्धता, तनहुँ–१ मा खुसियाली

कांग्रेस उम्मेदवार भट्टराईले गरे यस्ता प्रतिवद्धता, तनहुँ–१ मा खुसियाली

  • मिडिया डबली
  • बुधवार, चैत्र २९ २०७९

  • 5.5K
    SHARES

  • कांग्रेस उम्मेदवार भट्टराईले गरे यस्ता प्रतिवद्धता, तनहुँ–१ मा खुसियाली

    काठमाडौं– नेपाली कांग्रेसबाट तनहुँ क्षेत्र नम्बर १ को उम्मेदवार बनेका गोविन्द भट्टराईले गरिब परिवारलाई पानी र बिजुलीको निस्शुल्क व्यवस्था गर्ने प्रतिबद्धता गरेका छन् ।

    १० वैशाखमा हुने उपनिर्वाचनका लागि क्षेत्र केन्द्रित घोषणापत्र सार्वजनिक गर्दै भट्टराईले मेडिकल कलेज स्थापना गर्ने प्रतिज्ञा गरेका छन् । पाँच वर्षभित्र सबै घरमा खानेपानी र बिजुली पुर्‍याउने प्रतिबद्धता उनले गरेका छन् ।

    पालिकाले प्रवाह गर्ने सेवालाई नागरिकको घर घरमा पुर्‍याउने व्यवस्था पाँच वर्षभित्र गर्ने उनले संकल्प गरेका छन् । तनहुँमा एउटा सरकारी मेडिकल कलेजको स्थापनालाई प्राथमिकतामा राखेका उनले तनहुँमा प्रसूति, क्यान्सर, मृगौला वा बालसम्बन्धी विशिष्टीकृत अस्पतालसमेत स्थापना गर्ने उल्लेख गरेका छन् ।

    जिल्लाको यातायात पूर्वाधार विकासमा विशेष जोड दिएका उनको प्रतिबद्धतामा शालिग्राम करिडोर, दमौली घुमाउने बुद्धसिं मार्ग, त्रिशूली करिडोर आदिलाई पाँच वर्षभित्र स्तरोन्नति सक्ने उल्लेख छ ।


    व्यास र पुलिमराङ मार्ग, घाँसीकुवा अँधेरीभञ्ज्याङ मार्ग, छिम्केश्वरी मार्ग, केशवटार मार्ग आदिलाई पनि पाँच वर्षभित्र स्तरोन्नति सक्ने प्रतिबद्धता उनको छ ।

    प्रतिबद्धतामा व्यासभूमिलाई त्रिवेणीधाम र भारतसँगको व्यापार नाकासँग सहजरुपमा जोड्न बुद्धसिं मार्गमै जोडेर द्रुत मार्गको परिकल्पना पनि छ ।

    जिल्लाको उत्तर दक्षिण जोड्ने स्तरीय सडकलाईसमेत प्राथमिकतामा राखेका उनले पर्यटकीय थलोहरु तनहुँसुर, पुलिमराङ, थानीको थान, चोक चिसापानी, सिङचाङ गढीको विकाससँगै वेदव्यासको प्रतिमा पनि प्रतिस्थापन समयमै सकाउने भट्टराईको प्रतिबद्धतामा छ ।

    तनहुँलाई सुन्तला र बाख्राको केन्द्रका रुपमा स्थापना गर्न विशेष कार्यक्रम ल्याउने भट्टराईको प्रतिबद्धतामा छ ।

    जिल्लालाई कृषिमा आत्मनिर्भर बनाउने र कृषिमा आत्मनिर्भर बनाउनुका साथै तनहुँका जलविद्युत आयोजनाको शेयर हरेक परिवारले लिन पाउने व्यवस्था मिलाउनेमसेत भट्टराईले घोषणा गरेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend