काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले परिणाममुखि काम गर्न सरकारलाई सुझाव दिएका छन्। संघ, प्रदेश र स्थानीय सरकार ५ वर्ष चलाउने जिम्मा लिएको कांग्रेससहितको सरकारले अब अरु कसैलाई दोष दिएर उम्कने ठाउँ नभएको पनि बताए।
मंगलबार काठमाडौंमा आयोजित नेपाल शिक्षक संघको नवौं संघीय महाधिवेशनमा बोल्दै महामन्त्री थापाले एमालेलाई दोष दिएर वा पूर्व राजालाई दोष दिएर सरकार उम्कन नमिल्ने तर्क गरे। थापा ५ वर्षपछि नेपाली कांग्रेसले जनताको माझमा जाँदा यो–यो काम गरेँ भनेर जान सक्ने अवस्था बनाउनुपर्ने बताउँछन्।
‘पाँच वर्षको अवधि छ। मैले भनिरहेको छु– म नेपाली कांग्रेसको एउटा कार्यकर्ता हुँ। संघमा कांग्रेसका सरकार, प्रदेशमा कांग्रेसको सरकार,चार सयभन्दा बढी ठाउँमा गठबन्धन सरकार छ। अघि पूर्वप्रधानमन्त्रीले भनेर गईसक्नु भएको छ,’ उनले भने, ‘त्यो ठीक, बेठिक छोडौं। तर आजको रियालिटी यही हो कि हामी संघमा छौं, केन्द्रमा छौं। अव कसैलाई दोष दिएर पाइँदैन। अव भूतप्रेतलाई भनेर पनि पाइन्न। भूतपूर्व राजालाई भनेर पनि पाइन्न। अव नेकपा एमालेले गरेन, अरुले गरेन भन्न पनि पाइन्न। गर्ने जिम्मा लिएर आएपछि अब हामीले गर्नुपर्छ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।