काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले दूरसञ्चार प्राधिकरणले नेपालका सबै सूचना टर्की पुर्याउने गरी टेरामिक्स नामको प्रविधि खरिद गरिएको प्रश्न उठाएका छन् ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा दूरसञ्चार प्राधिकरणसम्बन्धी विधेयकमाथिको छलफलमा सहभागी हुँदै महामन्त्री थापाले दूरसञ्चारसम्बन्धी कानुन नबन्दै सबै सूचना नेपालबाहिर पुर्याउने गरी प्रविधि भित्राउन हतारिनु ठीक नभएको बताए ।
‘नेपाल दूरसञ्चार प्राधिकरणले यो कानुन बन्नुभन्दा पहिल्यै टेरामिक्स भन्ने प्रविधि भित्राएको छ । यो प्रविधि भित्राइसकेपछि मात्रै हामी कानुनमा छलफल गर्दैछौँ । यो कार्यान्वयनमा जाँदैछ,’ उनले भने, ‘तर अब हामीले फोन गर्दा, मेसेज गर्दा कसले कहाँबाट कुरा गर्दैछ? कोसँग कुरा गर्दैछ? यतिसम्म कि म्यासेजको कन्टेन्टसमेत नेपालमा होइन, विदेशमा पुग्दैछ ।’
उनले फोनमार्फत् सबै सूचना टर्कीमा रहेको कम्पनीले प्राप्त गर्ने हुँदा त्यस्तो प्रविधि भित्राउँदा नेपाललाई नोक्सानी हुन सक्ने बताए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।