आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images
राजनीतिक बिशेष

गगनले किन भने यो सरकार पाँच महिनाका लागि हो भनेर ? दिए यस्तो कारण

गगनले किन भने यो सरकार पाँच महिनाका लागि हो भनेर ? दिए यस्तो कारण

  • मिडिया डबली
  • आइतवार, चैत्र १९ २०७९

  • 4.7K
    SHARES

  • गगनले किन भने यो सरकार पाँच महिनाका लागि हो भनेर ? दिए यस्तो कारण

    काठमाडौं - नेपाली कांग्रेसभित्रको आन्तरिक किचदोका कारण पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले पूर्णता पाउन सकेको छैन ।

    कांग्रेसले आठ मन्त्रालय पाए पनि चार मन्त्रीले मात्रै शपथ लिए । चार मन्त्री को बन्ने भन्ने टुंगो छैन । कांग्रेसले आइतबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

    बैठकले बारा २ मा उपनिर्वाचनमा कांग्रेसका उम्मेदवार उठाउने कि उपेन्द्र यादव वा राजेन्द्र महतोमध्ये एकलाई समर्थन गर्ने भन्ने निर्णय गर्ने छ । कांग्रेसले सम्भवतः आज बाँकी रहेका चार मन्त्रीको विषयमा पनि निर्णय गर्ने भएको छ ।

    तर, नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई नै यो सरकार पाँच महिनाका लागि हो भनेर सार्वजनिक रूपमै बोल्नुले तरंग सिर्जना भएको छ ।

    शनिबार बाँकेको नेपालगन्जमा आयोजित कांग्रेस भेलालाई सम्बोधन गर्दै महामन्त्री थापाले गठबन्धनबाट देशको विकास र समस्या समाधान नहुने स्पष्ट पारे । उनले यो सरकार पाँच महिनाका लागि मात्रै भएको पनि बताए ।

    सधैं गठबन्धन गरेर जाँदा कांग्रेसको संगठन ध्वस्त हुँदै गइरहेको भन्दै थापाले २०८४ सालको स्थानीय, प्रदेश र संघीय तीनवटै निर्वाचनमा कांग्रेस एक्लै लड्ने घोषणा पनि गरे । ‘म सधैं गठबन्धनको विरोधमै हुँ । त्यतिबेला पनि मेरो कुराको कतै सुनुवाइ भएन ।

    गठबन्धन गरेर जाँदा कांग्रेसले धेरै मूल्य चुकाउनु परेको छ । कांग्रेसको मतले माओवादी, माओवादीको मतले कांग्रेसलाई जिताउनुबाहेक देशले कुनै विकास गर्दैन । समस्या पनि समाधान गर्दैन,’ उनले भने ।

    गगनको यो घोषणाले अहिले सत्तारुढ गठबन्धनभित्रै हलचल मच्चिएको छ । कांग्रेसका मन्त्री सबै सरकारमा नजानु र महामन्त्रीले नै यो सरकार लामो समय नचल्नु बताउनुले आगामी दिन प्रचण्डका लागि स्वस्थकर देखिएको छैन ।

    अझ माओवादीका उपाध्यक्ष एवं पार्टी प्रवक्ता कृष्णबहादुर महराले देश अदृष्य शक्तिले चलाएको बताएकाले पनि हलचल मच्चिएको छ । शनिबार प्रेस सेन्टर नवलपुरको साधारणसभाको उद्घाटन कार्यक्रममा उनले भने, ‘अहिले हाम्रै पार्टीका अध्यक्ष कमरेड प्रधानमन्त्री हुनुहुन्छ तर देश अरूले नै चलाएको छ ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली तीनैजना नेताहरू देश नेपालकै राजनीतिक दलले चलाउनुपर्छ भन्ने पक्षमा हुनुहुन्छ तर त्यसो हुन सकिरहेको छैन।’ महराले कोप्रति इंगित गरेका हुन् भन्ने खुल्न सकेको छैन ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, श्रावण १० २०७७०७:३९:३१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend